Siraha Times
ताजा समाचार

कृष्णनगर नगर प्रमुख शाहले गराए निर्वाचित जनप्रतिनिधि लाई सपथ

  • जेठ ११, २०७९
  • १०१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर, जेष्ठ ११ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले निर्वाचित जनप्रतिनिधि लाई आज एक कार्यक्रमका बिच सपथ ग्रहण गराएका छन् l कृष्णनगर नगरपालिका भित्रका नव निर्वाचित उप प्रमुख, वडाध्यक्ष, वडा सदस्य लगायत लाई नगर प्रमुख शाहले पद तथा गोपनीयता को सपथ दिलाएका छन् l कृष्णनगर नगरपालिका नगर प्रमुख पदमा दोस्रो पटक विजयी भएका नगर प्रमुख शाहलाई कपिलवस्तु जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश तेजेन्द्र प्रसाद शर्माले शुक्रवार सपथ ग्रहण गराएका थिए l

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०९ (२) अनुसार प्रमुखले उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुलाई सात दिनभित्र सपथ गराउनु पर्ने व्यवस्था रहेको अनुसार सपथ लिनु भएका शाहले नगरपालिका उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई सपथ गराएका छन् । कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, लेखा प्रमुख दान बहादुर खनाल, शिक्षा शाखा का बलराम पन्थी, योजना शाखा प्रमुख साकिर अहमद शाह, राजेश मिश्र, थुमा देवी उपाध्याय, प्रदिप चौधरी, सुदिप मौर्य, नागेश्वर मिश्र कर्मचारी हरू लगायत अन्यको उपस्थित रहेको थियोl कार्यक्रम संचालन इश्वरी प्रसाद पौडेलले गर्नुभयोl

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१