Siraha Times
ताजा समाचार

जनसंख्या र भुगोलको आधारमा लहानमा वडालाई समानुपातिक बजेट, दलितलाई राहत

  • जेठ १०, २०७९
  • १८७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, १० जेठ । लहान नगरपालिका मेयर महेश चौधरीले जनसंख्या र भुगोलको आधारमा सबै वडाले समानुपातिक बजेट पाउँने बताउँनुभयो । मेयर चौधरीले आज पदभार ग्रहण गर्दै लहान विकास निर्माणका साथै मानव संशाधन विकासको लागि जनप्रतिनिधि र कर्मचारी हातोमालो गरेर अघि बढ्न जोड दिनुभयो । मेयर चौधरीले आफनो सरकारी सुबिधाबाट समाजमा रहेका गरिब, दलित तथा विपन्नवर्गलाई राहतको व्यवस्था गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले गरिब, दलित ,निसहाय, मुसलिम, बिपन्नवर्ग र ज्येष्ठ नागरिकलाई प्रत्येक महिनाको २२ गते राहत स्वरूप जनतामा बाँड्ने बताउँनुभयो ।

समाजिक विकृति विकृति विसंगति र भ्रष्टाचारलाई पनि अन्त गरि लहानलाई पर्यटन विकासतर्फ उन्मुख गरिने उहाँले जोड दिनुभयो । । लहान नगरपालिकाभित्र रहेका दलित वस्तीमा प्रत्येक परिवारलाई १० किलो चामल, १ पोका खाने तेल र १ किलो नुन उपलब्ध गराउने घोषणा गर्नुभएका छन् । योसँगै जन्म दर्ता,विवाह दर्ता,मृत्युं दर्ता र नागरिकताको सिफारिस निः शुल्क उपलब्ध गराउँने घोषणा समेत गरेको छ । मुसहर समुदायलाई क्रिया खर्च ५ हजार उपलब्ध गराउनुका साथै छाडा चौपाया नियन्त्रण,लहान १२ र १६ मा पर्ने भित्रि सडक मर्मत सम्भारका कार्य लगायतका विभिन्न कार्यहरुको आजै बाट थालनी गरेको गरिने भएको छ । विगतमा लहान नगरपालिकाले मासिक साढे ३ लाखको चियापानको बिल भुक्तानी हुने चमेनागृह हटाउन मेयर चौधरीले निर्देशन दिएका छन् । जसपा र नेकपा माओवादी केन्द्रको सहयोगमा कांग्रेसका चौधरी निवर्तमान मेयर एमालेका मुनी साहलाई हराउदै मेयर बनेका छन् ।

फजुलको कर्मचारीलाई काममा नलगाउँन लहान मेयरको निर्देशन स्थानीय तहको निर्वाचन लक्षित गरि जनप्रतिनिधिहरु धमाधाम शिलान्यास, कर्मचारी नियुक्तिलगायत बजेट सकाउँने काम गरिरहेका थिए । लहान नगरपालिकाका पूर्व मेयर मुनी साह पनि त्यस्तै कार्यमा तल्लिन थिए । उनका समर्थकहरु विकासको लहर चल्यो भनेर भाषण ठोकदै थिए । तर, त्यस्तो होइन, लहान नगरपालिकाको बजेट घाटामा गइरहेको थियो ।

कार्यालयको योजना शाखा अनुसार आन्तरिक आय श्रोत अनुमान १ अर्ब १२ करोडको गरिएको थियो । त्यही अनुसार नगरपालिकाले खर्च गरे । आन्तरिक आयबाट करिब ८÷९ करोड मात्रै संकलन भयो । बाँकी बजेट घाटा भएको छ । कर्मचारी भर्ना, पोशाक भत्ता, महगी भत्ता, इन्धन खर्च, पानी र विजुली बैठक भत्ता, विभिन्न योजनाका सम्भावयता अध्ययन, विकास योजनाहरुको शिलान्यासलगायत थुप्रै काममा जथाभावी गरेपछि बजेट घाटा भएको हो । घाटाका कारण कर्मचारीहरुलाई अहिले तलब खुवाउन समेत मुस्किल भएको योजना शाखाले बताएको छ ।

नगरपालिकामा घाटामा देखिएपछि नवनिर्वाचित मेयर महेश प्रसाद चौधरीले घाटा रोक्न प्रयास थालेको छ । दैनिक ज्यालादारी फजुलको कर्मचारीहरुलाई काममा नलगाउन दिर्नेशन दिएको केही घटनामै प्रमुख प्रशासकीय कार्यान्वयन सुरु गरेको छ । जथाभावी सेवा सुविधामा रोक लगाउन मेयर चौधरीले निर्देशन दिएको छ । श्रोत नभएको ठेक्का सम्झौता तत्काल खारेज गर्नुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१