चुनावी खर्च माइतीबाट नल्याएपछि बुहारीलाई कुटपिट

  • जेठ ९, २०७९
  • २५६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, ९ जेठ । चुनावमा भएको खर्च माईतीबाट ल्याउँन धनगढीमाई ३ का वडाध्यक्षका प्रत्यासी देवन साहले आफ्ना बुहारीलाई कुटपिट गरेको आरोप छ । लहान १० हरिनगरा माइती भएकीे रिता साहले लहान अस्पतालमा उपचार गराउँने क्रममा यस्तो आरोप लगाएका छन् । २०७८ माघ २७ गते धनगढीमाई ३ कुर्वा हनुमानगर बस्ने देवन साहका छोरा मनिष साहसँग विवाह भएको हो । रिता साहले ‘विहा भएको दूईचार दिनपछि दहेजको कुरा उठाएर कुटपिट गर्ने । पति देवर ससुराले पटक पटक पैसाको कुरा उठाएर कुटपिट गर्दै आए ।

चुनावको खर्च बाउसँग लिएर आउनु नभए मारिदिन्छु ।’‘कुटपिट गर्छन् । घरबाट निस्किजा, अर्को विवाह गर्छु ।’ पटक पटक रितालाई कुटपिट गर्दै आएको छ । जेठ ७ गते राती पति मनिष साह, देवर ओमशंकर साह, ससुरा देवन साहलगायत परिवारका सदस्यहरुले रितालाई मरनासन कुटपिट गरि घाईते बनाएको छ । पीडित रितालाई उपचारको लागि माईतीपक्षले लहान अस्पतालमा भर्ना गरिएको छ । न्यायको लागि पीडितपक्षले ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१