Siraha Times
ताजा समाचार

जनताको ‘बेटा’ लहानको मेयर महेश

  • जेठ ९, २०७९
  • १४७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, ९ जेठ । जिमिन्दार, प्रधानपञ्च, धनाढय खलगका छोराछोरीलाई गाउँनगरका पिता बनाउँनुपर्छ ।सोही खलगका छोराछोरीलाई राजनीतिक पार्टीले टिकट पनि दिने गर्छन् । त्यति मात्रै होइन् माओवादी, एमाले जस्ता कम्युनिष्टहरुले समेत जिमिन्दार खलगको छोराछोरीलाई टिकट दिएर मेयर,उपमेयर, साँसद बनाउँने गर्छन् । तर, लहान नगरपालिकामा यस पटक साधारण परिवारका जनताको छोरा मेयर बनेका छन् । उहाँ हुन लहानका मेयर महेशप्रसाद चौधरी । जो नितान्त साधारण परिवारबाट जनताको दुख पिडालाई अँगालो मार्दै लहानको मेयरमा निर्वाचित भएका छन् ।

क्याम्पसदेखि नै राजनीतिक शुरु गर्नुभएका महेश चौधरी नियमित काँग्रेसमा क्रियाशिल भएर काम गर्दै नगर र क्षेत्रीय सभापति भएरसमेत अनुभव बटुली सकेका छन् । त्यतिमात्रै होइन् दलित गरिब तथा विपन्नवर्गको घाउ बल्झिएको बेला कोरोना लकडाउनमा राहतको व्यवस्थापन गर्दै आएका छन् । जनताको पिरमर्कालाई सहजरुपमा समाधान गर्न अग्रसर रहेका मेयर चौधरी विभेदविहीन व्यक्तित्वको रुपमा पहिचान बनाउँन सफल भएका छन् । समाजसेवामै आफ्नी पत्नि संगीता कर्माचारी गुमाएका मेयर चौधरी अध्यात्मिक चिन्तनका धनी हुनुहुन्छ ।

अध्यात्मिक चिन्तन निर्मला माताको अनुयायी रहनु भएका मेयर चौधरी भ्रष्टाचार, शोषण दमनको तत्वलाई निर्मुल पार्न जेठ ८ गते लहान नगरपालिकाको प्रागनमा यज्ञ हवन गर्नु भएका छन् । आजै जिल्लाको मुख्य निर्वाचन अधिकृत समेत रहेका न्यायाधीश प्रकाश खरेलले जेठ ८ गते सिरहामा मेयर चौधरीलाई सपथ ग्रहण गराएका छन् । मानव अधिकारकर्मी राजकुमार राउतले ‘सधैं जिमिन्दार र धनाढयहरु लहानको मेयर हुन्थ्यो ।’‘ पहिलो पटक महेश सुच्चा जनताको बेटा लहानको मेयर भएको महसुस भएको छ ।’ लहान नमाकरणको चार सय बर्षसम्म जिमिन्दार, प्रधानपञ्च, धनाढयहरुका छोराछोरी गाउँनगर हाक्दै आएका थिए । लोहान सेनका खलगपछि डौरही तथा धनाढयहरुको चँगुलमा नेतृत्व रहदै आएको थियो । यसैबीच, सिरहाको ११ स्थानीय तहका प्रमुखहरुलाई सिरहामा सपथ ग्रहण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१