Siraha Times
ताजा समाचार

कपिलवस्तु विजयनगरमा ठुलो झड्का,बन्यो नेकपा एमालेको लालकिल्ला

  • जेठ ७, २०७९
  • ९१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी गेडुवजोत कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा (एमाले)ले आफ्नो वर्चश्व कायम राखेको छ । ७ वडामध्ये एक वडाबाहेक ६ वडाध्यक्ष, पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेर एमालेले विजयनगरमा आफ्नो वर्चश्व कायम राखेको हो । पालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः गोपाल थापा निर्वाचित भएका छन् । थापाले आफ्ना प्रतिस्पर्धी जनता समाजवादी पार्टीका जानकी यादवलाई पराजित गरेका हुन् ।

०७४ मा पनि थापाले यादवलाई नै पराजित गरेर पालिकाको अध्यक्ष बनेका थिए । यस्तै उपाध्यक्षमा एमालेकी लक्ष्मी चौधरी पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छिन् । चौधरी जसपाकी गुन्जेश्वरी कुर्मीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भइन् । ७ वडा मध्ये एमालेबाट वडा नं. १ को वडाध्यक्षमा इन्नर थारु, वडा नं. २ को वडाध्यक्षमा नेपाल थारु, वडा नं. ४ को वडाध्यक्षमा तिलकराम कंडेल, वडा नं. ५ को वडाध्यक्षमा अनवर महोम्मद मुसलमान, वडा नं. ६ को वडाध्यक्षमा प्रेमबहादुर कलवार र वडा नं. ७ को वडाध्यक्षमा दिनेश कुमार चौधरी निर्वाचित भएका छन् । वडा नं. ३ को वडाध्यक्षमा भने, जसपाका हृदय विकास चौधरी (बीके) वडाध्यक्ष बनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१