ताजा समाचार

सिरहामा माओवादीको ठूलो क्षति, एमाले—जसपाको दवदवा

  • जेठ ६, २०७९
  • ११८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता—नवसंग्राम दैनिक लहान, ६ जेठ । सिरहाको १७ स्थानीयतह मध्ये नेकपा एमाले अग्रस्थान ओगटेको छ । योसँगै जनता समाजवादी पार्टी समेत आफ्नो वर्चस्व कायम राखेको छ । स्थानीयतहको निर्वाचनमा एमाले धनगढीमाईमा शिवशंकर महतो विजय भएका छन् । यसैगरी, विष्णुपुर गाउँपालिकामा एमालेबाट अध्यक्षमा सत्यनारायण यादव, कर्जन्हा नगरपालिकामा एमालेबाट भोला पोखरेल, भगवानपुर गाउँपालिकामा उग्रनारायण यादव अध्यक्षमा विजय भएका छन् ।

सिरहा नगरपालिकामा समेत एमालेबाट डा. नविन यादव मेयरमा विजय भएका छन् । कल्याणपुर नगरपालिकामा एमालेबाट मेयरमा साह विजय भएका छन् । यसअघि एमालेको सिरहामा नरहा गाउँपालिका, सुखीपुर नगरपालिका, लहान नगरपालिकामा स्थानीय सरकार रहेको थियो । योसँगै सिरहामा एमालेको थप दूई पालिकामा विजय हुने सम्भावना छ । उता, जसपाबाट नवराजपुर गाउँपालिकामा प्रमुख उपप्रमुख विजय भएका छन् । त्यसैगरी, जसपाबाट नै अर्नामा गाउँपालिका प्रमुखमा अशोक यादव विजय भएका छन् । त्यस्तै, जसपाबाट लहान नगरपालिकाको उपमेयर, कर्जन्हा नगरपालिकाको उपमेयर र विष्णुपुर गाउँपालिकका उपप्रमुख विजय भएका छन् ।

सोहीक्रममा वरियारपट्टी, औरही गाउँपालिकामा जसपाका उम्मेदवार विजय हुने सम्भावना छ । एकीकृत समाजवादीबाट सखुवानन्कारकट्टी गाउँपालिकामा केदारनाथ यादव विजय भएका छन् । यो चुनावमा नेकपा माओवादीको सिरहामा ठूलो क्षति भएको छ । एक स्थानीयतहमा विजय हुने सम्भावना छ । उता, काँग्रेसको पनि फितलोपन रहेको अवस्था छ । लहान नगरपालिकामा काँग्रेसका उम्मेदवार महेश चौधरी विजय भएका छन् भने लक्ष्मीपुर पतारीमा काँग्रेसको उम्मेदवार विजय हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤