लहान गठबन्धनमा काँग्रेसका मेयर र जसपाका उपमेयर विजय, घोषणा बाँकी

  • जेठ ६, २०७९
  • १००१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता — नवसंग्राम दैनिक लहान, ५ जेठ । देश भरिमै नगरपालिकाहरु मध्ये सबैभन्दा बढी २४ वटा वडा रहेको लहान नगरपालिकामा गठबन्धनको मेयर उपमेयर विजयको सम्भावना छ । गठबन्धनबाट मेयरमा महेश चौधरी र उपमेयरमा जसपाका रामचरित्र विजय भएका छन् । योसँगै गठबन्धनकै काँग्रेसले १५ वटा वडामा वडाध्यक्ष विजय भएका छन् । गठबन्धनकै जसपाबाट ३ वटा वडा र माओवादीबाट १ वडाध्यक्ष विजय भएका छन् । नेकपा एमालेबाट ४ वडा र एकीकृत समाजवादीबाट १ वडाध्यक्ष विजय भएको छ । काँग्रेसको विजय भएका वडाहरु लहान १, २, ३, ५, ६, ७, ८, ९, ११, १२, १३, १५, १६, १९, २२ वटा वडामा वडाध्यक्ष विजय भएका छन् ।

नेकपा एमालेको लहान १०, १७, १८ र २१ मा वडाध्यक्ष विजय भएका छन् । त्यसैगरी, जसपाको लहान ४, २३ र २४ मा वडाध्यक्ष विजय भएका छन् । वडा २१ मा माओवादीका वडाध्यक्ष विजय भएका छन् भने एकीकृत समाजवादीको लहान १४ मा वडाध्यक्षसहित विजय भएको छ । लहानको मतपरिणाम अनुरुप नगर प्रमुख पदमा नेपाली कांग्रेसका प्रमुख (मेयर) पदका उम्मेदवार महेश प्रसाद चौधरी विजय भएका छन् । जसपाका उपमेयरमा रामचरित्र महतो विजय भएको छ । तर, अधिकारिक घोषणा भएको छैन । विगत २०७४ को स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले ९ वटा वडा जितेर नेकपा एमालेलाई कडा टक्कर दिएको भएपनि प्रमुख र उप–प्रमुख पद आफ्नो कोल्टामा पार्न सफल हुन सकेको थिएन ।

यसपालीको चुनावमा भने नेपाली कांग्रेसले एमालेका गढ मानिएका वडा नं– ५ र वडा नं–११ मा पनि जित्न सफल भएको छ । वडा नं–५ मा लहान नगरपालिकाका निवर्तमान प्रमुखको घर भएको वडा हो भने ११ नं– नेकपा एमालेका नगर सभापतिको घर हो । गत स्थानीय तहको चुनावमा ती दुबै वडामा एमालेले जित हात पारेको थियो । यस अघि एमालेबाट मुनि साहले ११ हजार ३०१ मत ल्याएर नगर प्रमुख पद हात पारेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अच्मितलाल चौधरीले ९ हजार १३१ मत ल्याएका थिए । नेकपा एमालेको मत यथावत नै रहेको छ भने काँग्रेसले गठबन्धन गर्दा विगतको चुनाव भन्दा दोब्बर मत ल्याएका छन् । यस्तो अवस्थामा काँग्रेस एकल चुनावी मैदानमा गएको भए एमालेले पूनः जित हात पार्ने निश्चित नै रहन्थ्यो ।

प्रतिक्रिया दिनुहोस

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

लहानलाइ उपमहानगरपालि ...

बिरेन्द्र प्रसाद नेपाल लहान,बैशाख । देशकै ठुलो नगरपालिका भएकोले लहानलाइ उपमहानगरपालिका बनाउनुपर्ने ल ...

समुदाय - प्रहरी साझे ...

रहमुल लहान १० बैशाख । अस्ति ७ बैशाखमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ सखुवा अधारभुत बिधालयमा ह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१