Siraha Times
ताजा समाचार

कृष्णनगरका लोकप्रिय नेता मेयर उमेदवार रजत शाहको हजार मतले अग्रता

  • जेठ ५, २०७९
  • १११३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु, जेष्ठ ५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका यही बैशाख ३० गते भएको स्थानीय तहको चुनावको मत परिणाम आउदै गर्दा सबैको ध्यान नगर प्रमुख पदमा टिकेको देखिन्छl कृष्णनगर नगरपालिका नेपाली कांग्रेस नगर प्रमुख पदका उम्मेदवार रजत प्रताप शाह भने अन्य पार्टीका प्रतिस्पर्धी लाई पछाडि पार्दै हजार मतले अग्रता लिएका छन् l शाह पछिल्लो चुनावमा स्वतंत्र बाट नगर प्रमुख मा विजयी भै जनता माझ लोकप्रिय बन्न सफल भएका तथा सरल स्वभाव भएका व्यक्तित्व रहेको शाह सानो बच्चा देखि आन्यले आफ्नो समस्या सजिलै राख्न सकने स्थानीय हरू बताउदै आएका छन् l

१ , २ , ३ , ४ , ५, ६,७,८ को गणना सम्पन्न, र ९ नं वडाको गन्ती चलिरहेको अवस्थामा नेपाली कांग्रेस कृष्णनगर मेयर पदका उम्मेदवार ४०५३ मत पाएका छन् l राष्ट्रीय प्रजातंत्र पार्टीका मेयर पदका उमेदवार दिपक रजौरीया ३०२० , नेकपा एमाले पदका मेयरका उमेदवार कुनाल प्रताप शाह २५९१ , नेकपा माओवादी केन्द्र मेयर पदका उम्मेदवार जाबेद आलम खान २५६० मत पाएका छन् l न्यूज़ तयार पार्दा सम्म रजत शाह निकटतम प्रतिस्पर्धी दिपक रजौरीया देखि १०३० मतले अग्रता लिएका छन् l अहिले ९ नं वडा को केही मत १० , ११,१२ नं वडाको मत गन्न बाकी रहेको छ l

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१