Siraha Times
ताजा समाचार

मिर्चैयामा विशाल महाविर झण्डा मेलाको तयारी अन्तिम चरणमा

  • मंसिर ६, २०७५
  • ११५५ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, ०६ मंसिर । सिरहाको मिर्चैयामा विशाल महाविर झण्डा मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मिर्चैया नगरपालिका बडा नं. ५ स्थित यहि मंसिर ११ गतेदेखि सुरु हुने श्री श्री १०८ श्री महाविर झण्डा मेला महोत्सवमा झण्डा र मुर्ति निर्माण लगायतका तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । 
 
संस्कृति संरक्षण सम्वद्धन तथा धर्मप्रतिको आस्था कायम राख्न र विश्व कल्याण गर्ने उदेश्यले आयोजना गरिएको मेलामा महाविरको झण्डा ६० फिट अग्लो निर्माण भईरहेको मेला समितिका अध्यक्ष राजेन्द्र साहले बताए । मेलाको पहिलो दिन मंसिर ११ गते हुने भव्य कलश यात्रामा सहभागि हुनका लागि मेला समितिले सम्पुर्ण नगरवासीलाई आग्रह समेत गरेका छन् । 
 
मेला महोत्सवमा मनोरजंनका लागि सांस्कृतक कार्यक्रमको साथै झरनी, रामहिलोरा, सर्कस, मौतको कुवाँ लगायतका संचालन हुने समितिका कोषाध्यक्ष रुकेश साहले बताए । 
 
मेला मंसिर ११ गतेदेखि १७ गतेसम्म चल्ने मेलाको मिडिया पार्टनर रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया रहेको छ । 

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१