ताजा समाचार

मिर्चैयामा विशाल महाविर झण्डा मेलाको तयारी अन्तिम चरणमा

  • मंसिर ६, २०७५
  • ११९५ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, ०६ मंसिर । सिरहाको मिर्चैयामा विशाल महाविर झण्डा मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मिर्चैया नगरपालिका बडा नं. ५ स्थित यहि मंसिर ११ गतेदेखि सुरु हुने श्री श्री १०८ श्री महाविर झण्डा मेला महोत्सवमा झण्डा र मुर्ति निर्माण लगायतका तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । 
 
संस्कृति संरक्षण सम्वद्धन तथा धर्मप्रतिको आस्था कायम राख्न र विश्व कल्याण गर्ने उदेश्यले आयोजना गरिएको मेलामा महाविरको झण्डा ६० फिट अग्लो निर्माण भईरहेको मेला समितिका अध्यक्ष राजेन्द्र साहले बताए । मेलाको पहिलो दिन मंसिर ११ गते हुने भव्य कलश यात्रामा सहभागि हुनका लागि मेला समितिले सम्पुर्ण नगरवासीलाई आग्रह समेत गरेका छन् । 
 
मेला महोत्सवमा मनोरजंनका लागि सांस्कृतक कार्यक्रमको साथै झरनी, रामहिलोरा, सर्कस, मौतको कुवाँ लगायतका संचालन हुने समितिका कोषाध्यक्ष रुकेश साहले बताए । 
 
मेला मंसिर ११ गतेदेखि १७ गतेसम्म चल्ने मेलाको मिडिया पार्टनर रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया रहेको छ । 

प्रतिक्रिया दिनुहोस

सप्तरीको सुरुङ्गा कृ ...

ओम प्रकाश यादव, लहान कार्तिक १४ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.७ हरिपुरस्थित श्री सुरुङ्गा कृषि ...

लहान एक्स्पो २०८३ पु ...

रहमुल, लहान, १४ कार्तिक।  सिरहाको लहानमा आगामी पुस २४ गतेदेखि माघ ४ गतेसम्म ‘लहान एक्स्पो ...

लहानमा ‘घर–घरको शान, ...

ओम प्रकाश यादव, लहान, कात्तिक १३ । सिरहाको लहान नगरपालिकामा सञ्चालन भइरहेको ‘घर–घरको शान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤