कृष्णनगरमा भोट् माग्दै भने नेता अकरम पठान : मुख्य एजेन्डा शिक्षा स्वास्थ,कृषि रहने

  • वैशाख २६, २०७९
  • ९५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र कृष्णनगर, कपिलवस्तु ,बैशाख २५ जसापा नेता अकरम अब्दुल रहमान खान (अकरम पठान) कृष्णनगर नगरपालिका अध्यक्ष पदका लागि उमेदवारी दिएका हुन्। बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्। अकरम पठान ले आफू मेयर पदमा निर्वाचित भए सर्वसाधारण जनताको भावना अनुसार कामहरु अगाडी बढाएउने उनले बताए।आउने निर्वाचनमा जनताले बिजय गरायो भने मेरो मुख्य एजेन्डा शिक्षा स्वास्थ र कृषि रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।मेरो चुनावी माहोल ठिक छ जनताले मुल्यांकन गरेको छ,आफुलाई जनताले बहुमतले जिताउनु हुन्छ पुर्ण बिस्वस्त रहेको बताए।

आज भोली जनता सामाजवादी पार्टी नेपाल कृष्णनगर नगर प्रमुख पदका उम्मेदवार अकरम अब्दुल रहमान खान , उप प्रमुख पदकी उम्मेदवार आरती सिंह यादव, लगायत वडाध्यक्ष पदका तथा सदस्य पदका उम्मेदवार हरू घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् l निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ कृष्णनगरमा जनता सामाजवादी पार्टी नेपाल लाई लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । मेयर पदका उम्मेदवार अकरम पठानले जनताले विजयी बनाए नगरपालिकाको पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए l

 

प्रतिक्रिया दिनुहोस

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

नेशनल मेडिकल कलेज तथ ...

वीरगंज, २७ फागुन। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले शैक्षिक सत्र २०८२/०८३ का प्रथम वर्षक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१