ताजा समाचार

शिवराज वडा नम्बर ६मा राजेन्द्र चौधरी जित्ने सम्भावना प्रबल

  • वैशाख २६, २०७९
  • ९७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शिवराज, कपिलवस्तु शिवराज नगरपालिका स्थानीय तहको चुनावमा अहिले छुट्टै रौनक छाएको छ । शिवराजको ६ नम्बर वडामा गठबन्धनका उम्मेदवार राजेन्द्र प्रसाद चौधरीको आफ्नो चुनावी दौडमा सबै भन्दा अगाडि भएको देखिन्छ। त्यस्तै यस वडामा वडाध्यक्ष पदमा उम्मेदवारी दिने सबैले गठबन्धनका उम्मेदवार चौधरी संग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, स्थानीय राजनीतिक सचेतकहरुले भन्छन्।वडाध्यक्ष पदका उम्मेदवार चौधरीको विकास निति, समावेशीकरण कार्यशैलीले स्थानीय वडा वासिन्दाहरू खुसीका साथ उहाँ संग सहकार्य गर्ने भएको हुँदा चौधरी चुनाव जित्ने प्रबलता रहेको छ।

चौधरी राजनीतिमा आउनु भन्दा पहिले पनि सामाजिक अभियन्ताका रूपमा समाज सेवामा अहोरात्र खटेर काम गर्ने गर्दथे र पछिल्लो पटकको चुनावमा राजेन्द्र प्रसाद चौधरी नेकपा माओवादी केन्द्र बाट नै वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए, नतिजा आफ्नो पक्षमा नभए पनि सम्मानित भोट सहित कडा प्रतिस्पर्धामा थिए। वडाध्यक्षहरु मध्ये सवै भन्दा बढि सक्रिय, कर्मठ र तुलनात्मक रूपमा वडा नम्बर ६ लाई सवै क्षेत्रमा विकास गर्नेछु, भनी गठबन्धनका उम्मेदवार चौधरी प्रतिबद्धता व्यक्त गरेका छन्। चौधरी सर्वसाधारणहरुकाे सुख दुःखमा सधैं साथ सहकार्य गर्ने एक राम्रा सेवकको रूपमा पहिचान समेत बनाएका छन्।

वडाध्यक्ष पदका उम्मेदवार चौधरीले भन्छन् "शिक्षा , स्वास्थ्य र अन्य क्षेत्रकाे गुणस्तरीयता देखि लिएर विकास निर्माणका कार्य तुलनात्मक रुपमा फड्को मार्ने जिकिर गर्नुभयो। मेराे कार्यकालमा भष्ट्रचार नहुने र निर्वाचन जितेर आएमा भष्ट्रचारविरुद्घ थप सशक्त भएर लाग्ने छु भनि प्रतिबद्धता जाहिर गरेका छन् ।” वडाध्यक्ष पदमा आफूलाई विजय गराउन आग्रह गर्दै जित सुनिश्चित हुने समेत उनले दावी गरे । उनले आफूले बाेलेका कुरालाई व्यवहारमा उतार्ने छु र घाेषणपत्रमा समेत समावेश गरेकाे बताए । अधिकांश जनताकाे मन जित्ने यस वडाको कर्मठ, शालीन व्यक्तित्व र सहयोगी प्रकृतिको हुनाले वडा भित्रका समग्र चाैतर्फी विकास गर्न वडा अध्यक्षमा राजेन्द्र प्रसाद चौधरी आउनुपर्ने स्थानीयले बताउछन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤