ताजा समाचार

पार्टी संग गदारी गरेको भन्दै सभापति कलवार माथि कारवाही प्रकृया सुरु

  • वैशाख २५, २०७९
  • १५४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारा, २५ बैशाख / नेपाली कांग्रेसको फेटा गाउपालिकाका सभापति मनोज साह कलवारले पार्टी संग गरेको गदारीको बिल्ला बोक्दै विवेकशील पार्टीको मत मांग्दै हिडेको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार फेटा गाउपालिकाका सभापति मनोज साह कलवारले आफ्नो पदको मर्यादा नै नराखी विवेकशील साझा पार्टीको मत मांग्दै हिडेका हुन । नेपाली कांग्रेस पार्टीले स्थानीय तहको निर्वाचनमा आफ्नो नजिकका वडाहरुलाई टिकट नदिएको बताउदै विवेकशील पार्टीबाट उम्मेदवारी दिएका रुस्तम अंसारीको पक्षमा गाउपालिका सभापति कलवार लागेको स्थानीयले गुनासो गर्न थालेका छन ।

कोठा भित्रै नेपाली कांग्रेसले सभापति पदमा चुनिएका कलवारले स्थानीय निर्वाचनको समयमा काला नांग झै आफ्नो चरित्र देखाएको स्थानीयले आरोप लगाएका छन । नेपाली कांग्रेस फेटा गाउपालिकाका सभापति मनोज साह कलवार अर्को पार्टी छिर्नु अघि आफ्नो पार्टीबाट राजिनामा दिएर मात्रै जान सक्ने प्रावधान हुदा हुदै आफ्नो पदको मर्यादा नै नराखी अर्को पार्टीमा होमिनुले पार्टी भित्रै गदारी भएको बारे स्पष्ट हुन्छ । यस बिषयमा नेपाली कांग्रेस पार्टीबाट फेटा गाउपालिकामा उम्मेदवारी दिनु भएका चन्देश्वर दुबेले त्यस्ता गदारहरुबाट आफुलाई केही फरक नपर्ने बताए ।

तर त्यस्ता गदारहरु संग पार्टीपनि सचेत भएर अगाडी बढ्न सुझाव दिएका थिए । यता नेपाली कांग्रेस पार्टीले फेटा गाउपालिकाका सभापति मनोज साह कलवार माथि कारवाही गरिने भएको छ । पार्टी भित्र कलवार ठुलो गदार रहेको संज्ञा दिदै कारवाही प्रकृया अगाडी बढाइएको बताइन्छ । त्यस्ता गदारहरुको पार्टीमा कुनै किसिमको काम नरहेको बताउदै निस्कासित गरिने समेतको कारवाही प्रकृया अगाडी बढाइएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤