विजयनगरम शिक्षा, स्वास्थ्य र कृषि मेरो पहिलो प्रथामिकता हो -निशा थारु

  • वैशाख २५, २०७९
  • १२४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु विजयनगर गेत २५ गाउँपालिकाको उपाध्यक्ष लागि उम्मेदवारी दर्ता गराउनु भएको निशा थारुले शिक्षा, स्वास्थ्य र कृषि मेरो पहिलो प्रथामिकता रहेको बताउनु भएको छ । नेपाली कांग्रेस बाट उपाध्यक्षका लागि उम्मेदवार बन्नु भएकि थारुले पालिका बिकास एवम् समृद्धिका लागि आफ्नो जित आवश्यक रहेको बताउनुभयो। पालिकामा शिक्षा, स्वास्थ्य र कृषि पहिलो प्रथामिकता राखेर आफुले उम्मेदवारी दिएको बताउनुभयो। सदैव पालिकावासिको हितका लागि काम गर्ने गरि अघि बढ्ने छु । उहाँले भन्नुभयो । पालिका लाई भष्ट्राचार मुक्त बनाउदै जनता लाई शुसासनको प्रत्याभूति दिलाउने काममा आफु लागि पर्ने उहाँको भनाई छ । अनेक चुनौती का बाबजुद चुनावि मैदानमा उत्रिएको र पार्टीले आफु माथि गरेको विश्वास कायम राख्दै पालिका बासिको समस्यालाई समाधान गर्ने उहाँले बताउनुभयो। ‘विगत को ५ वर्ष पालिका जुन गतिमा अघि बढ्नु पर्ने थियो , त्यसरी अघि बढ्नु सकेन , त्यसको कारण असक्षम नेतृत्व नै हो ।अब त्यो नेतृत्व परिवर्तन गर्ने समय आएको छ , पालिका वासिले मलाई साथ दिने छन् ।

उहाँले भन्नुभयो। उहाँले पालिकामा रहेका स्वास्थ्य चौकी स्तरोन्नति गर्ने , २० युनिट भन्दा कम विधुत खपत गर्ने गरिब विपन्न लाई निशुल्क प्रदान गर्ने , ५ वर्षभित्र एक घर एक धाराको आवधारणा पुरा गर्ने , पालिका भित्र रहेका हरेक विधालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने जस्ता कार्य आफ्नो पहिलो प्रथामिकतामा पर्ने उहाँको भनाई छ । विजयनगर गाउँपालिमा नेकपा एमाले ले गत २०७४ सालको स्थानीयतहको निर्वाचनमा जित हात पारेको थियो । अहिले त्यो नतिजा लाई उल्टाउन आफु सक्षम रहेको उहाँले दाबी गर्नुभयो । थारु पछिल्लो समय कुशल नेतृत्वका रुपमा स्थापित हुनुहुन्छ । पालिकाका सम्पुर्ण अग्रज नेता कार्यकर्ताको समेत अाफुलाई साथ सहयोग मिल्ने उहाँले विश्वास समेत व्यक्त गर्नु भएको छ । उहाँले विभिन्न संघसंस्थामा आवद्ध भई कुशल नेतृत्वदायि भुमिका निर्वाह गरिसक्नु भएको छ । पालिकावासीको आवश्यकता एवम अपेक्षा लाई आत्मसात गर्दै आफु अगि बढने प्रतिवद्धता जनाउनु भएको छ । पालिकावासिको माझ लोकप्रिय रहनुभएकि वहाँ सामाजिक कार्यमा सक्रिय हुदैं आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न समक्ष देखिनुहुन्छ ।

पालिकाको नेतृत्व आफुले पाए पालिकालाई शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार,सडक विधुत, कृषि, क्षेत्रमा अगाडि बढाउने उहाँले जिकिर गर्नुभयो । उहाँले पालिकावासी लाई विश्वास गरेर एकपटक पालिकाको नेतृत्व गर्ने अवसर दिन आह्वान समेत गर्नुभयो । उहाँले पार्टी बाट प्राप्त जिम्मेवारी इमान्दारीका साथ पूरा गर्दै आउनुभएको छ । समग्र क्षेत्रमा सदैव सक्रिय रहने उहाँ कुशल नेतृत्व गर्न सक्षम रहेको बताइन्छ । उहाँ उपाध्यक्षको बलियो दाबेदार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

नेशनल मेडिकल कलेज तथ ...

वीरगंज, २७ फागुन। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले शैक्षिक सत्र २०८२/०८३ का प्रथम वर्षक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१