वडाको पूर्ण विकासका लागि मेरो उमेदवारी:- राहुल पाण्डेय

  • वैशाख २५, २०७९
  • ६३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, बैशाख २५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छl सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छनl कृष्णनगर नगरपालिका वडा नं १ जनता समाजवादी पार्टी नेपाल बाट वडाध्यक्ष पदका उमेदवार राहुल पाण्डेय जनताको समर्थनका साथ चुनावी माहोलमा होमीएका छन् उनलाई विजयी बनाउन वडाका जनता साथ र समर्थन दिदै आएका छन्l जनता समाजवादी पार्टी निकट नेता वडाध्यक्ष पदका उमेदवार राहुल पाण्डेय लाई वडाध्यक्ष बनाउन जनताको साथ र समर्थन रहदै आएको उनी निकट नेताहरु बताउदै आएका छन् l

पाण्डेय यो पालि वडाध्यक्ष पदमा आफूलाई जनताले जिताउने भन्दै उमेदवारी दर्ता गराएका थिए। वडाध्यक्ष पदका उम्मेदवार पाण्डेय घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् l पाण्डेय लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । वडाध्यक्ष पदका उम्मेदवार पाण्डेय आफूलाई जनताले विजयी बनाए वडाको पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए l पाण्डेय वडावासि माझ लोकप्रिय बन्दै गएका छन् l

प्रतिक्रिया दिनुहोस

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१