Siraha Times
ताजा समाचार

नेपाली कांग्रेसको फेटा गाउपालिकामा भव्य रयाली सम्पन्न

  • वैशाख २५, २०७९
  • ८०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,बारा, २४ बैशाख । बाराको फेटा गाउपालिकामा नेपाली कांग्रेसले भव्य रयाली निकालेको छ । स्थानीय तहको निर्वाचन नजिक्दै जादा नेपाली कांग्रेसले आफ्नो शक्ति प्रदर्शन गर्दै भव्य रुपले आफ्नो रयालीको आयोजना गरेको हो । बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा नेपाली कांग्रेसलाई नै मतदान गर्न आग्रह गर्दै उम्मेदवार चन्देश्वर दुबेको अध्यक्षतामा निस्केको रयाली फेटा गाउपालिकाको १७ वटै गाउहरुमा आफ्नो भव्य रयाली प्रदर्शन गरेका छन । कुनैपनि पार्टी खराब नहुने, व्यक्ति खराब हुने गरेको भन्दै आफ्नो अमुल्य मत नेपाली कांग्रेसलाई नै गर्ने उम्मेदवार दुबेले आग्रह गरेका हुन ।

बिगत ५ बर्षदेखी भ्रंष्टाचारको अखडा बनेको फेटा गाउपालिकामा अन्तय गर्नको निम्ति, कृष्कहरुको समस्याको निम्ति, शिक्षा र स्वास्थ्यको निम्ति, युवाहरुको रोजगारी तथा उज्जवल भविष्यको निम्ति, गुन्डागर्दीराज समाप्त गर्नको निम्ति उम्मेदवारी दिएको चन्देश्वर दुबेले जानकारी दिनुभयो । उहाले फेटा गाउपालिकावासीहरु संग आग्रह गर्दै यसपालिको निर्वाचनमा मतदान गरी आफुलाई निर्वाचित गराउन आग्रह गर्नुभयो । नेपाली कांग्रेसतर्फबाट उम्मेदवारी दिनु भएका चन्देश्वर दुबेले यस अनलाईन संग कुरा गर्दै स्थानीय तहको निर्वाचनमा कुनै पार्टी चिनेर होइन व्यक्ति बिशेषमा मतदान गर्न आग्रह गर्नुभयो ।

भ्रष्टाचारी, अपराधी अथवा गुन्डागर्दी गर्नेहरुको जमातलाई केही रकममा सहयोग नगर्न फेटा गाउपालिकावासीहरुलाई आग्रह गर्नुभयो । भ्रष्टाचारीलाई जिताए कुनैपनि हालतमा भ्रष्टाचार समाप्त भएर नजाने, अपराधीलाई जिताए अपराध मौलाउछ, गुन्डालाई जिताए, गुन्डागर्दी बढेर जान सक्ने सम्भावना भएकोले सोचेर बुझेर मतदान गर्न फेटा गाउपालिकावासीलाई आग्रह गरे । नेपाली कांग्रेसले आयोजना गरेको रयालीमा हजारौको संख्यामा मोटरसाइकल सहित १० वटा चार पांग्रे रहेको स्थानीयले जनाएका छन । स्थानीयले जनाए अनुसार करिब ३ हजारको संख्यामा फेटा गाउपालिकावासीको सहभागिता रहेको जनाएका छन ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१