ताजा समाचार

मेयर उमेदवार रजत शाहको कृष्णनगर बजारमा घर दैलो , जनता उत्साहका साथ सहभागी

  • वैशाख २५, २०७९
  • ८८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु , बैशाख २४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारमा कृष्णनगर नगरपालिकाको नेपाली कांग्रेस नगर प्रमुख पदका उमेदवार रजत प्रताप शाह तथा उप प्रमुख पदकी उम्मेदवार आरती कुर्मी बहुसंख्यक समर्थकका साथ घर दैलो अभियान गरेका छन् l कृष्णनगर नगरपालिका विभिन्न वडाका कांग्रेस पार्टी बाट उमेदवारी दिएका वडाध्यक्ष तथा वडा सदस्य लगायत नेपाली कांग्रेस पार्टी समर्थक नेता तथा जनताका साथ घरदैलो अभियानमा समावेश रहि जनता संग भोट माग्न व्यस्त रहेका थिए l कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा आफ्नो मन्तव्य राख्दै मेयर उमेदवार रजत प्रताप शाहले आफू पांच बर्ष जनताको बिचमा रहि जनता प्रति वफादार रहि काम गरेको र आफूले धर्म, जातपात, भन्दा मानवतावादी भै जनता प्रति समर्पित रहेको बताउदै नगर भित्र चलिरहेको विकासका कार्यलाई निरन्तरता दिने चाहना रहेकाले पुन स्थानीय चुनावमा भोट दिएर आफूलाई जिताउन सबैसंग अनुरोध गरेका थिए l

नि वर्तमान नगर प्रमुख रजत प्रताप शाह कृष्णनगरको प्रत्येक घरमा पुगि आफूलाई पुन एक पटक भोट दिन मतदाता संग आग्रह गरेका थिए l निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ कृष्णनगरमा नेपाली कांग्रेस पार्टी लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । उक्त घरदैलो कार्यक्रममा संघीय सांसद अभिषेक प्रताप शाह, नेपाली कांग्रेसका नेता अकिल मियाँ लगायत बहुसंख्यक समर्थक हरूको सहभागिता रहेको थियोl

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤