एक महिनाभित्र सिरहामा सात बलात्कारको घटना सार्वजनिक

  • मंसिर १, २०७५
  • ६१९ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, १ मंसिर । सिरहामा कात्तिकको पहिलो सत्तामा चार बलात्कारको घटना सार्वजनिक भएको छ । अधिकतम बलात्कारको घटना चाडपर्वको दिन भएको हो । सिरहाको सुखीपुर २ मा एक २६ वर्षीया महिलालाई कात्तिक २७ गते बलात्कार गरेको सार्वजनिक भएको छ । बलात्कार भएको दूई दिनपछि उजुरी परेको प्रहरी बताएका छन् । उजुरी परेपछि सोही दिन सुखिपुर नपा–२ का ३० वर्षीय मोहमद समशुललाई इलाका प्रहरी कार्यालय महेशपुर पतारीले नियन्त्रण लिएको छ । यसैगरी भाइटिकाको दिन कात्तिक २३ गते राति सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथी सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । दुवै जनालाई सात जना युवकहरुले बलात्कार गरेका हुन् ।

उक्त घटनामा संलग्न रहेका तीन जनाको नाम खुलेको र चारजनाको नाम नखुलेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए । लहान नपा–११ का २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीको नाम खुलेको र बाँकी चार जनाको नाम नखुलेको डिएसपी थापाले बताए ।

उता, गोलबजार नपा–१२ का २५ वर्षीय आबिद अन्सारीविरूद्ध अपहरण तथा बलात्कार गरेको आरोपमा उजुरी दर्ता गरिएको छ भने आरोपितले असोज १० गते पीडितकै घरमा बलात्कार गरेको दावी गरिएको छ । पछिल्लो पटक कात्तिक ८ गते बालिकालाई जनकपुर लगेर बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा कात्तिक ९ गते उजुरी दिएको थियो ।

यस्तै, वरियारपट्टीमा एक १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भारतको मधुवनी जिल्ला भरचौराहा पञ्चायत–१२ का ३७ वर्षीय कासिनाथ सिंह, २५ वर्षीय उगन सहनी, ३० वर्षीय मुकेश सहनी र सोही पञ्चायत–९ का २५ वर्षीय विजय यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले कात्तिक ५ गते गिरफ्तार गरेको छ ।

यता, लहान २४ मा कात्तिक २ गते दुर्गा मेला हेरेर घर फर्किरहेकी एक १९ बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तीन जनामाथी प्रहरीमा उजुरी परेको छ । उता, सिरहामा दुर्गा मेलाको नाच हेर्ने क्रममा एक युवतीलाई स्थानीय केही युवाले बलात्कारको प्रयास गरेको छ । सो घटनाको प्रहरीमा उजुरी परेको छैन ।

प्रतिक्रिया दिनुहोस

सिराहा: पर्सापोखर्भि ...

विसूनदेव सरदार सिराहा / असार १४ गते ।  लक्ष्मीपुर पतारी गाउँपालिका वडा न.–२ पर्सा पोखर्भि ...

नवराजपुरको गेरुवाहा ...

ओम प्रकाश यादव, लहान असार १३। सिरहाको नवराजपुर गाउँपालिका वडा न .१ अन्तर्गत गेरुवाहा गाउँमा गाउँपालि ...

पूर्ण खोप सुनिश्चितत ...

लहान , अषाढ़ १३ । “स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता&rdquo ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१