Siraha Times
ताजा समाचार

रेणु दाहाललाई नजिताए देश दुर्घटनामा जान सक्छ : प्रचण्ड

  • वैशाख २३, २०७९
  • ९९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

चितवन: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरमा रेणु दाहाललाई विजयी गराउन चितवनवासीलाई आग्रह गरेका छन्। बिहीबार चितवनमा चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले चितवनमा रेणुलाई नजिताए देश दुर्घटनामा पर्ने बताएका हुन् । 'टेकप्रसादजीलगायतलाई मैले के भन्न चाहन्छु भने तपाईँहरुले अहिले पनि यो गठबन्धन राष्ट्र र जनताको आवश्यकता हो । यो गठबन्धन लोकतन्त्रको आवश्यकता हो । समृद्धि र विकासको आवश्यकता हो भन्ने नबुझेर मत हालिदैन हँसिया हतौडामा भनेर भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,'उनले भने,'होइन यो राष्ट्रको आवश्यकता हो भनेर तपाई चितवनवासी जनताले उत्साहपूर्ण भोट हालेर रेणु दाहाल र चित्रसेन अधिकारीको टिमलाई भोट हाल्नुभयो भने म निकै उत्साहित हुनेछु र यो गठबन्धन १०/१५/२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ । तपाईहरुले नेताहरु मात्रै नहेर्नुस् । तपाईँहरुको पनि फैसला गर्ने अधिकार छ । 'समाचार साभार अनापूर्ण पोस्ट जस्ताको तेस्तै 

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१