बहुसंख्यक समर्थकका साथ मेयर उमेदवार रजत शाहको बहादुरगंजमा घर दैलो

  • वैशाख २३, २०७९
  • ६३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र कृष्णनगर, कपिलवस्तु , बैशाख २३ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको बहादुरगंज बजारमा कृष्णनगर नगरपालिकाको नेपाली कांग्रेस नगर प्रमुख पदका उमेदवार रजत प्रताप शाह बहुसंख्यक समर्थकका साथ घर दैलो अभियान गरेका छन् l कृष्णनगर नगरपालिका वडा नं ९ काग्रेसको वडाध्यक्ष उमेदवार मंगल प्रसाद गुप्ता तथा वडा नं ८ का वडाध्यक्ष उमेदवार राम कपुर चौधरी लगायत कांग्रेस पार्टीका समर्थक उक्त अभियानमा समावेश रहि जनता संग भोट माग्न व्यस्त रहेका थिए l

बहादुरगंज चोकमा आफ्नो मन्तव्य राख्दै मेयर उमेदवार रजत प्रताप शाहले आफू पांच बर्ष जनताको बिचमा रहि जनता प्रति वफादार रहि काम गरेको र आफूले धर्म, जातपात, भन्दा मानवतावादी भै जनता प्रति समर्पित रहेको बताउदै नगर भित्र चलिरहेको विकासका कार्यलाई निरन्तरता दिने चाहना रहेकाले पुन स्थानीय चुनावमा भोट दिएर आफूलाई जिताउन सबैसंग अनुरोध गरेका थिए l

नि वर्तमान नगर प्रमुख रजत प्रताप शाह बहादुरगंजको प्रत्येक घरमा पुगि आफूलाई पुन एक पटक भोट दिन मतदाता संग आग्रह गरेका थिए l निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ कृष्णनगरमा नेपाली कांग्रेस पार्टी लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१