Siraha Times
ताजा समाचार

बरियापट्टिमा चोर र तस्करलाई मस्ती, प्रहरी मौन

  • कार्तिक ३०, २०७५
  • ८६३ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

मुकेश यादव लहान, २९ कात्तिक । सिरहाको बरियारपट्टी गाउँपालिका वडा ३ खेतीकिसानीको लागि प्रयोग हुने उपकरण चोरी हुन थालेको छ । वरियारपट्टी प्रहरीको सक्रियता कम भएपछि त्यस क्षेत्रमा यस्ता घटना हुन थालेको स्थानीयहरु बताउँछन् । कात्तिक २८ गते राति सुरेशकुमार यादवको ४ ईन्चको पानी तान्ने मोटर चोरी भएको छ भने २५ दिन अगाडि निर्मल शर्माको पानी तान्ने भपलेटर (पानी तान्ने पम्पिसेट ) चोरी भएको छ । शर्माले इलाका प्रहरी कार्यालय बरियारपट्टीमा जानकारी गराउँदा प्रहरीले जाहेरी किटान गरेर निवेदन दिए मात्र प्रक्रिया अगाडि बढाउँछु भन्दै आलटाल गरेको उनले गुनासो पोखेका छन् । यसैगरी दूई महिना अगाडि मोहुमद अन्सारीको पानी तान्ने भपलेटर ( पनि तान्ने पम्पिसेट ) चोरी गरेको छ । यसअघि चोरी घटनामा इलाका प्रहरी कार्यालय बरियारपट्टी प्र.ना.नि .शिवनारायण यादव र प्र. ह. रामचन्द्र यादव हुदा दिनहुँ राति आफेै वा प्रहरी टोलि पठाए गाउँ गाउँ गस्ती गर्दा चोरी, तस्करी ,गजेडी तथा जड्यहा नियन्त्रण थिए । यता,प्रनानि हिरा यादव आएपछि ३ महिना नवित्दै यस्ता चोरीको तथा तस्करीको घटना व्यापक बढेको छ । यत्तिबेला वरियारपट्टी प्रहरीले तस्कर तथा बेलेकियाबाट रकम उसुली गरी राजस्व छलीको मालसमान नेपाल भित्राउँन सहयोग गर्दै आएको छ । यसमा पनि चोरीको घटना व्यापक बढेको छ ।

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१