ताजा समाचार

भ्रष्टाचार गर्दिन , न गर्न दिन्छु : जनमत पार्टीका उम्मेदवार यादव

  • वैशाख २१, २०७९
  • १४७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव लहान २१ , वैशाख । स्वास्थ्य क्षेत्रमा लामो अनुभव बटुलेका खेमचन्द्र यादव जनमत पार्टीबाट गाउँपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दिएको छ । सप्तरीको बलान बिहुल गाउँपालिकाको प्रमुखको रुपमा ( होरन छाप) चुनाव चिन्हबाट उनको उम्मेदवारी परेको हो । उम्मेदवार यादव चुनावी प्रचार प्रसारमा अहिले दैनिक जसो घरदैलो कार्यक्रममा ब्यस्त छन् । घरदैलो कार्यक्रमबाट चुनाव जित्ने राम्रो प्रतिक्रिया आईरहेको उनले संचारकर्मीलाई बताए । बलान बिहुल गाउँपालिकाको हरेक शिर्षकको योजनाहरुमा धेरै अनियमितता र भ्रष्टाचार भए , भ्रष्टाचार पुर्ण रुपमा अन्त्य गर्न उम्मेदवारी दिएको छु , यादवको भनाई छ ।

कृषि , शिक्षा ,स्वास्थ्य , यातायात पूर्वाधार, योजना बद्ध गाउँपालिकाको विकास, सुरक्षित आवास, रोजगार आर्थिक वृद्धि,लगायतका विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने सङ्कल्प सहित उनले चुनावी घोषणा - पत्र सार्वजनिक गरे । समाजामा व्याप्त कुरीति र अन्धविश्वासको अन्त्य गर्न शिक्षा, चेतना र सशक्तीकरण अभियान चलाइने र पालिकामा व्याप्त गरिबी, अभाव र अल्पविकासको समस्यालाई सम्बोधन गर्न विशेष पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤