Siraha Times
ताजा समाचार

नवराजपुर गाउँपालिकामा उपाध्यक्ष उमेदवार संगिता यादवको नाउँ चर्चामा

  • वैशाख २१, २०७९
  • १५१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ बैशाख - सिरहाको नवराजपुर गाउँपालिकामा नेकपा एमाले निकट उपाध्यक्षमा संगिता कुमारी यादवको नाउँ चर्चामा रहेको छ। विभिन्न संघ संस्थामा कार्य गर्दै राजनीतिमा निखारीएका महिला हुन्। २०७४ को निर्वाचनमा उनी उपाध्यक्षमा थोरै मतले प्राजित भएका थिए। नेतृ यादव राजनीतिको प्रखर वक्ता हुन्।उनी लाम्रो समय देखि कम्युनिस्ट राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएकी छिन्। कम्युनिस्ट राजनीति पृष्ठभुमि परिवारका महिला हुन्। समाजको बेतिथी,महिला हिंसा,भ्रष्टाचार उन्मुलन गर्न र महिलाहरुलाई सीप मुखी बनाउन र रोजगार र शिक्षा स्वास्थ कृषिमा बिकास गर्न आफुले उमेदवारी दिएको उनले बताए। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनी पालिका उपाध्यक्षमा जनताको राय अनुसार र जनताले प्रोत्साहन गरे पछी संगिता कुमारी यादवले पुनः उपाध्यक्ष पदको उमेदवार बन्न पुगीन। नेतृ यादव पालिकाको लोकप्रिय उमेदवार बनेकी हुन्।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१