Siraha Times
ताजा समाचार

लहानमा चुनावी माहौल, एमाले कसिदै गठबन्धन उत्साहीत

  • वैशाख २१, २०७९
  • १३२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, २१ वैशाख । सिरहाको लहानमा चुनावी माहौल तातिएको छ । स्थानीयतहको निर्वाचनमा नेकपा एमाले एकल उम्मेदवारी दिएर मुनी साहलाई मेयरमा माहौल बनाएको छ । उता, काँग्रेसले माओवादी र जसपालाई आफ्नोपक्षमा महेश चौधरीलाई मेयरमा राखेर गठबन्धन गरेको छ । जसपाको उपमेयर राचलितर महतोलाई राखेर वडाहरु माओवादीसँग तालमेल गरेर मैदान तताएको छ । अर्का एकीकृत समाजवादी पार्टीले विनोद साहलाई मेयरको उम्मेदवार बनाएर कडा प्रचारप्रसारमा लागेको छ । गत चुनावमा काँग्रेसले ९ वटा वडामा आफ्नो वडाध्यक्ष विजय गराएका थिए । एमाले पनि ९ वटा वडाध्यक्ष लिएर मुनी साहले मेयर चलाएका थिए । जसपाले ४ वटा वडाध्यक्ष विजय गराएर प्रतिपक्षमा काम गदै आए । माओवादीले २ वटा वडाध्यक्ष लिएर स्थानीय सरकारको प्रतिपक्षमा कसिएका थिए ।

भइरहेको चुनावमा गठबन्धनका माओवादीले वडा नम्बर २० र २१ विजय हुने कसिलो आधार बनाएको छ भने थप एउटा वडामा आफ्ना उम्मेदवार जित्ने दावी गरेको छ । जसपाले थप लहान २४ जित्ने गतिविधि तयार गरेको छ । योसँगै जसपाले ६ वटा वडामा आफ्नो जित्ने दावी गरेको छ । एमालेबाट अलग भएका एकीकृत समाजवादी २ वटा वडामा आफ्नो उम्मेदवार विजय भइरहेको दावी गरेको छ । जसमा लहान १४ नम्बर बडा समाजवादीको कसिलो पकड छ । रहियो काँग्रेस र एमालेको सवाल । लहानको अधिकाँश वडामा काँग्रेस र एमालेको प्रतिस्पर्धा छ । एमालेको लहान ५ मा यस पटक काँग्रेसको हावी चढेको छ । तर, एमाले आफ्नो उम्मेदवार विजय बनाउँन विभिन्न दाउपेच गरिरहेको छ । लहान ५ एमाले मेयरका उम्मेदवार मुनी साहको गृह वडा हो । लहान १ काँग्रेसको भएपनि एमाले दरिलो प्रदर्शनमा उत्रिएका छन् । एमालेको लहान ९, १०, ११, १३, १७, १८ मा मजबुत दावी गरिएको छ ।

काँग्रेसले लहान २, ३, ६, १२, १३, १५, १६, १९, २३ मा विजयको दावी गरिएको छ । एमाले र काँग्रेसको वडामा सिट बढ्ने दावी गरिएपनि जसपा, माओवादी र एकीकृत समाजवादीले वडा बढोत्तरीको दावी गरिएको छ । गठबन्धनको तालमेलले वडामा घटबढ हुनसक्छ । तर, एमाले कसिलो दाउपेचमा रहेकोले गठबन्धनको केही पक्षलाई मेयर उपमेयरमा आफ्नोतीर आकर्षण गर्न सकिने स्रोतको दावी छ । योसँगै काँग्रेसी असन्तुष्टपक्षलाई एमालेले आफ्नो कित्तामा मतदान गराउँन सकिने अर्को सम्भावना छ । हुनत गठबन्धनका मेयर र उपमेयर ५ हजार बढी मतले विजय हुने दावी गर्दै आएको छ ।

एमालेको दाउपेच सर्पिएन भने गठबन्धन विजय प्रदर्शनको तयारीमा छ । एमालेमा राप्रपाबाट आएका लगनलाल चौधरी र प्रकाश केसीले गठबन्धनको मत काट्न सकिने दावी गरिएको छ । तर, राप्रपाबाट समेत मेयर उपमेयरमा उम्मेदवारी छ । लहानमा दलित मतदाता बढी छ । दलित मत जहाँ थपिन्छ त्यहीपक्षको विजय हुने सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१