Siraha Times
ताजा समाचार

“छठले विभिन्न समुदायलाई एकताको शुत्रमा बाँधेको छ”: सांसद यादव

  • कार्तिक २८, २०७५
  • ७६२ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २८ कार्तिक । छठ पर्वले समाजका विभिन्न समुदायलाई एकताको शुत्रमा बाधेको सिरहा जिल्ला क्षेत्र नं. ४ का संघिय सांसद राजकिशोर यादवले बताएका छन् । राजपा नेपालका अध्यक्ष मंडलका सदस्य समेत रहेका यादबले छठ पर्वले सबै समुदायलाई एकताको शुत्रमा बाधिए झैं कर्जन्हा नगरपालिका र मिर्चैया नगरपालिकालाई नमुना नगरपालिका बनाउन एकताको शुत्रमा बाधिँएको प्रतिबद्धता जनाएको हो ।
 
कर्जन्हा नगरपालिकालाई नमुना नगरपालिका बनाउन २ नं. प्रदेश सरकारले हदैसम्म सहयोग गर्ने सिरहा क्षेत्र नं. ४ “क” का प्रदेश सांसद दिलिप साहले बताए । जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरले लामो समयदेखि कर्जन्हा नगरपालिकामा कायम रहेको विवाद छिट्टै अन्त गर्ने प्रयासमा रहेको बताए । 
छिमेकी नगरपालिकाको रुपमा रहेको कर्जन्हा नगरपालिकाको विकास मिलेरै गर्ने र आपसि सद्भाव कायम राख्ने मिर्चैया नगरपालिकाको मेयर श्रवण यादवले बताए । कर्जन्हा नगरपालिकाको नगर प्रमुख गंगा पासमानले छठ पर्वको शुभकामना दिँदै छिट्टै कर्जन्हा नगरपालिकावासीले विकासको अनुभुती गर्ने बिश्बास ब्यक्त गरे । 

नगरपालिकालाई नमुना नगरपालिका बनाउन प्रदेश सांसदहरु र संघिय सांसदहरूसंग समन्वय गरेर अगाडि वढिरहेको भन्दै मेयर पासमानले  नगरपालिकालाई विशेष योजनामा राख्न अनुरोध समेत गरेको स्पष्ट गरे । 

कर्जन्हा नगरपालिका बडा नं. ३ का वडा अध्यक्ष कपिलेश्वर यादवको अध्यक्षतामा मंगलबार भएको शुभकामना अदान प्रदान कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेखनिय सहभागिा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१