Siraha Times
ताजा समाचार

प्रतिबद्धता कार्यान्वयन गर्छु : उम्मेदवार झा

  • वैशाख १८, २०७९
  • १०७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव लहान , १८ वैशाख । सप्तरीको बलानबिहुल काङ्ग्रेसले घोषणा - पत्रमा कृषि , शिक्षा ,स्वास्थ्य , यातायात पूर्वाधार, योजनाबद्ध सहरी विकास, सुरक्षित आवास,रोजगार आर्थिक वृद्धि,लगायतका विषयलाई पहिलो प्राथमिकतामा राखेर चुनावी घोषणा- पत्र सार्वजनिक गरेको छ । शनिवार पत्रकार सम्मेलन गर्दै गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार नविन कुमार झाले कृषि , गुणस्तरिय र सुलभ शिक्षा ,आधारभुत स्वास्थ्य , पुर्वाधारहरु निर्माण , लक्षित समुदायका लागि शीप र सशक्तिकरण तालिम , स्वरोजगार नागरिक र आत्मनिर्भर गाउँ कार्यक्रम , खानेपानी आयोजना , पर्यटन र पूर्वाधार विकास , स्थानीय उत्पादनको बजारीकरण लगायतलाई प्राथमिकता राखी काम गर्ने प्रतिबद्धता गरे ।

उहाँले आफ्नो पार्टीलाई जनताले निर्वाचित गराएको खण्डमा जनताद्वारा नै समस्याको पहिचान गरि समुदायमा काम गर्ने सुनाए । शहरी विकास बिज्ञको रुपमा आफ्नो लामो अनुभव रहेको सुनाउदै उम्मेदवार झाले तीन बर्ष भित्र काम गर्न नसकेको खण्डमा पदबाट राजिनामा दिने बातए । पालिका उपाध्यक्ष पदका उम्मेदवार आशादेवी मण्डलले मधेसका महिला अहिलेपनी पछाडि परेकोले महिला सशक्तीकरणको क्षेत्रमा काम गर्न आफु पछि नहट्ने प्रतिबद्धता गरे ।

उनले मुलुकमा ५० प्रतिशत भन्दा बढी महिलाको जनसंख्या रहेकोमा महिला माथी विभेद कायमै रहेकोले आफू विभेद अन्त्यका लागि पहल गर्ने सुनाए । पत्रकार सम्मेलनमा वडा नम्बर - १ देखि ६ सम्मका नेपाली काङ्ग्रेसका वडा अध्यक्ष पदका उम्मेदवारहरुको सहभागीता रहेको थियो । वडा नम्बर- १ का एक जना वडा अध्यक्ष पदका उम्मेदवार देवनारायण चौधरी ( देबु ) ले जनताको माग र चाहना अनुसार वडामा काम गर्ने प्रतिबद्धता गरेका थिए । बलानबिहुलमा नेपाली काङ्ग्रेसको सरकार जितेमा पालिका भित्र आमूल परिबर्तन गर्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस

सिरहामा ‘राष्ट्रिय प ...

सन्जय महरा सिरहा, १५ वैशाख । सिरहा जिल्लामा बालबालिका तथा सुनौलो हजार दिनका आमाहरूको पोषण अवस्था पहि ...

स्थानीय तहमा सहभागित ...

रासिन्द्र यादव सप्तरी १४ बैशाख । स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश् ...

समावेशी शिक्षामा ‘सम ...

रहमुल, सप्तरी १३ वैशाख । समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य सहित सञ्चालन हुँदै आएक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१