ताजा समाचार

कांग्रेसको चुनावी छलफल

  • वैशाख १६, २०७९
  • १७२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल वैशाख १५ । सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ मडयान खोला तथा हाल धनगढीमाई १४ मा कांग्रेसको चुनावी सभा सम्पन्न भएको छ । स्थानिय नेपाली कांग्रेस निकट मानिसहरूको सहयोगमा आयोजित कार्यक्रममा जिल्ला सभापति रामचन्द्र यादव हाल उपमेयर पदका उम्मेदवार संगिता चौधरी युवा नेतृत्व अमित ठकुरी लगायतको उपस्थितिमा आयोजित कार्यक्रममा कांग्रेसको भावी योजनाका बारेमा चर्चा गरिएको थियो भने अधूरा विकाशको काम कांग्रेसको काधमा आएको वडा अध्यक्ष पदका उम्मेदवार अमित ठकुरीले बताए ।

धनगढीमाई 14 भौगोलिकरुपमा विकट भएकोले यहाँ कांग्रेस बाहेक अन्य कसैले पनि खासै चासो नलिएको पार्टीका उपमेयर पदका उम्मेदवार संगिता चौधरीले बताए । आसन्न स्थानिय निर्वाचनको बारेमा आचार संहिताको पालना गर्दै चुनावी माहोल बनाउनु पर्नेमा स्थानिय बुद्धिजीवी डम्मबर आलेले बताउनु भएको छ । निर्धारित समयमा सुरु गरिएको कार्यक्रममा स्थानिय कांग्रेस निकट कार्यकर्ता र जिल्ला स्तरका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । पार्टीको वडा सभापती कटक बहादुर कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमूख अथिती रामचन्द्र यादव विशिष्ट अतिथि संगिता चौधरी रहेको कार्यक्रम शुरुमा घर दैलो गरी सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤