Siraha Times
ताजा समाचार

कांग्रेसका मेयर र उपमेयर चुनावी मैदानमा

  • वैशाख १५, २०७९
  • ९८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल वैशाख १५ । स्थानिय निर्वाचनको लागी नेपाली कांग्रेस पार्टीले आफ्नो जिम्मेवारी सहितको उम्मेदबारी दर्ता गराएको छ । सिरहाको धनगढीमाई नगरपालिकाको मेयर पदका लागी रामचन्द्र यादव र उपमेयर पदका लागी संगिता चौधरीले उम्मेदबारी दर्ता गराएका छन् । पूर्व माननीय समेत रहेका यादव हाल नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापती समेत हुनुहुन्छ । उम्मेदबारी दर्ता गराउन तामझामका साथ स्थानिय नैनपुर अस्पताल परिसर पुगेका यादवले जनताको विकास नै आफ्नो मुख्य एजेण्डा भएको बताउनुहुन्छ । करिब ६ हजार कार्यकर्ता सहित मनोनयन स्थल पुगेका यादव लाई कार्यकर्ताहरूले उक्त ठाउँमा फूलमालाले स्वागत गरेका थिए भने आचारसंहिता पालना गराउन कार्यकर्ता स्वयम् परिचालन गरिएको थियो । विगतमा गाउँविकास समिति अध्यक्ष पदमा ख्याति कमाईसकेका यादव नेपाली कांग्रेस निकट अशल राजनीतिज्ञ व्यक्ति मानिन्छन् । चुनावी मैदानमा यादव देखिएपछि पालिकाको १४ वटै वडाहरूमा हलचल भएको बुझिएको छ भने यादबलाई विजय गराउन यतिबेला कार्यकर्ताहरु जोडतोडका साथ लागिपरेका छन् । धनगढीमाई १२ का युवाहरु करिब २00 को संख्यामा यादवको नेतृत्वको मूल्यांकन गर्दै विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । लामो राजनीतिक इतिहास बोकेका यादवको उदय धनगढीमाई नगरपालिकामा आवस्यक रहेको भन्दै व्यापक चर्चा भइरहेको अवस्था रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

समर्पित शिक्षक टोलीक ...

रहमुल, लहान, ५ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित आधारभूत विद्यालय खाइरबोनामा ...

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१