मन्त्रीलाई मोटो रकम दिएर उपमेयरको नक्कली टिकट, लहानमा चारमाथी उजुरी

  • वैशाख १५, २०७९
  • १२०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान १५ बैशाख । सिरहाको लहानमा ४ उम्मेदवारमाथी उम्मेदवारी खारेजको माग गर्दै दावीविरुद्धको निवेदन परेको छ । जनता समाजवादी पार्टीबाट उपमेयरमा उम्मेदवारी दिएका रामचरित्र महतोविरुद्ध पार्टीको आधिकारिकता सम्बन्धमा उजुरी परेको छ । जसपाबाट उपमेयरमा रामचरित्र महतो र चन्द्रनारायण कुशवाहाको उम्मेदवारी परेको छ । पहिलो दर्ता गरेको र पार्टीको केन्द्रीय समितिको आधिकारिकता रामचरित्र महतोलाई दिएको छ । उता, चन्द्रनारायण कुशवाहाले समेत आफ्नो अधिकारिकता हो भन्दै उनले महतोविरुद्ध उम्मेदवारीको खारेजीको माग गरेको छ । कुशवाहाले मधेश प्रदेशका एक मन्त्रीलाई मोटो रकम दिएर उपमेयरको नक्कली टिकट लिएर उम्मेदवारी दर्ता गराएको स्रोतको दावी छ ।

यस्तै लहान ७ का वडाध्यक्ष पदका लागि काँग्रेसका उम्मेदवारी दर्ता गराएका रामऔतार शर्माविरुद्ध नेपाल — भारत दुवै देशको नागरिकता रहेको भन्दै विषयमा उजुरी परेको छ । लहान ९ का मोहम्द रफीले काँग्रेसका उम्मेदवार शर्माविरुद्ध उम्मेदवारी खारेजको उजुरी दर्ता गराएका छन् । सफाई तथा सवुत प्रमाण साथ बैशाख १४ गते बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा अनिवार्य उपस्थित हुन भनिएपनि शर्मा उपस्थित नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उता, लहान २४ का वडाध्यक्ष पदमा उम्मेदवारी दिएका रासलाल रायविरुद्ध ठेक्का पट्टा सम्बन्धमा उजुरी दिएका छन् । लहान २४ का रामकुमार महतोले दिएको उजुरी विषयमा अनुसन्धान भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी लहान १४ का महिला सदस्य सोनावती चमारविरुद्ध नाता प्रमाणित सम्बन्धमा उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१