उपमेयर पदमा उम्मेदवारीसहित राजनीतिक यात्रामा संजीव यादव

  • वैशाख १४, २०७९
  • ५६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल वैशाख १४ । नेपाली राजनीतिक इतिहासमा परिवर्तनका अनेकन आयाम चलिरहेको हुन्छ । परिवर्तन असल समाजको निर्माण गर्न आवयक रहन्छ । राजनीतिक भन्दा पृथक विचार आजभोलिको आवश्यकता रहेको पाइन्छ । समाज परिवर्तनमा युवाको भूमिका सकारात्मक रूपमा रहेको हुन्छ । समाजको गरिमालाई नजिकबाट बुझेका युवा नेता संजीव कुमार यादव चुनावी मैदानमा नयाँ विचार लिएर जसपा नेपालबाट धनगढीमाई नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएका हुन् । नगरपालिकामा राजनीतिक दलमध्ये बौद्धिक पहिचान बोकेका निक्कै चर्चामा रहेका संजीव कुमार यादव कृषि विज्ञ समेत मानिन्छन् । शैक्षिक क्षेत्रमा ख्याति कमाएका र कृषि कार्यमा लागिपरेका युवा यादवले करिब ११ बिगाहामा नर्सरी सञ्चालनमा बढी ध्यान दिँदै स्थानिय आवश्यकताको लागि कृषि क्रान्तिमा बढी ध्यान केन्द्रित गरेका यादवको राजनीतिक छवि अशल भएकोले उनी राजनीतिक पहिचान र एजेण्डा सहित चुनावी मैदानमा आएको खवरले स्थानिय स्तरमा खुशी छाएको छ ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१