ताजा समाचार

चुनावी चर्चामा अमित ठकुरी

  • वैशाख १४, २०७९
  • ९१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल वैशाख १४ । स्थानिय निर्वाचनको सबै प्रक्रिया पूरा भए संगै चुनावी मैदान तातिएका छन् । सिरहाको धनगढीमाई १४ मा चुनावी माहोल तातिएको छ । स्थानिय विकास निर्माण र जनताको चाहनाको कदर गर्दै आएका अमित ठकुरी यतिबेला विशेष चर्चाका पात्रको रुपमा देखा परेका छन् । स्थानिय समस्याको मुकाविला गर्दै जनताको सेवा गर्दै आएका नेता ठकुरीले चुनावी मैदानमा जानु अघि उम्मेदबारी दर्ता गराउन स्थानिय नैनपुर अस्पताल परिसरमा तामझामका साथ पुगेका थिए । अत्यन्त भावुक भएर ठकुरीले मलाई पदभन्दा यहाको अधूरा विकासहरु खानेपानी , सिचाई, बाटोघाटो , टेलिफोन लगायतका समस्या मेरो लागी प्रमुख भएको बताउनु भयो । स्थानिय जनतामा विशेष चर्चामा रहेका नेता ठकुरीको विगतको कार्यको मूल्यांकन यतिबेला सकारात्मक पहिचान अवस्थाको सिर्जना भएको छ । चुनावी आचारसंहिता पालन गर्दै प्रचार प्रसारमा लागेका नेता ठकुरी नेपाली कांग्रेस बाट धनगढीमाई १४ मा वडा अध्यक्ष पदको लागी उम्मेदबार बन्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤