चुनावी चर्चामा अमित ठकुरी

  • वैशाख १४, २०७९
  • ७५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल वैशाख १४ । स्थानिय निर्वाचनको सबै प्रक्रिया पूरा भए संगै चुनावी मैदान तातिएका छन् । सिरहाको धनगढीमाई १४ मा चुनावी माहोल तातिएको छ । स्थानिय विकास निर्माण र जनताको चाहनाको कदर गर्दै आएका अमित ठकुरी यतिबेला विशेष चर्चाका पात्रको रुपमा देखा परेका छन् । स्थानिय समस्याको मुकाविला गर्दै जनताको सेवा गर्दै आएका नेता ठकुरीले चुनावी मैदानमा जानु अघि उम्मेदबारी दर्ता गराउन स्थानिय नैनपुर अस्पताल परिसरमा तामझामका साथ पुगेका थिए । अत्यन्त भावुक भएर ठकुरीले मलाई पदभन्दा यहाको अधूरा विकासहरु खानेपानी , सिचाई, बाटोघाटो , टेलिफोन लगायतका समस्या मेरो लागी प्रमुख भएको बताउनु भयो । स्थानिय जनतामा विशेष चर्चामा रहेका नेता ठकुरीको विगतको कार्यको मूल्यांकन यतिबेला सकारात्मक पहिचान अवस्थाको सिर्जना भएको छ । चुनावी आचारसंहिता पालन गर्दै प्रचार प्रसारमा लागेका नेता ठकुरी नेपाली कांग्रेस बाट धनगढीमाई १४ मा वडा अध्यक्ष पदको लागी उम्मेदबार बन्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

एनआरएनए एनसीसी कतारक ...

रामएकवाल राम दोहा , कतार :- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११ औ राष्ट्रिय एकत ...

कतारमा पत्रकार रामएक ...

दोहा, कतार - वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिराहाका पत्रकार रामएकवाल राम उत ...

लक्ष्मीपुर पतारी गाउ ...

ओम प्रकाश यादव लहान साउन १० । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाले विकास र सुशासनका क्ष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१