Siraha Times
ताजा समाचार

सरावलमा बिशाल जनसागरको समर्थन सहित सुभान अलि अन्सारीद्वारा माओबादी केन्द्रबाट उम्मेदवारी दर्ता

  • वैशाख १३, २०७९
  • ९८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

परासी १३। लगातार दुईचोति गाविसको अध्यक्षमा निर्वाचित, नेपाल मदरसा बोर्डको पुर्व केन्द्रिय अध्यक्ष र राष्ट्रिय सुकुम्बासी आयोगका पुर्व केन्द्रिय सदस्य जस्तो महत्वपूर्ण पदमा जिम्मेवारी सम्हाल्नु भएका सुभान अलि अन्सारी नवलपरासीको राजनीतिमा एउटा चर्चित र ठुलो नाम हो। आउदो स्थानीय तह निर्वाचनमा अन्सारीले सरावल गाउँपालिकाबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । अन्सारीको उम्मेदवारी दर्ता गर्ने क्रममा स्थानीय बासीहरुको ठुलो र उत्साहित भीड देखिएको छ। हजारौंको संख्यामा उहाँको समर्थकहरु नारा लगाउदै र बाजा बजाउदै निर्वाचन अधिकृतको कार्यालय तर्फ गएको देखियो।

सरावलमा अन्सारीले जित्ने डरले केहि दिन अघि अन्सारी बिरुद्ध केहि राजीनितिक दलहरुले षड्यन्त्र रचेको कुरा पनि मिडियामा आएको थियो । अन्सारीले आफु जनताहरुकै अनुरोधमा उम्मेदवारी दिएकोले आपार जनसमर्थन पाई रहेको र पालिकाका जनताले आफुलाई जिताउन लागि परेको बताउनु भयो। अन्सारीले सरावलमा माओबादी केन्द्रको लहर देखेर बिपक्षीहरु आत्तिएको बताउनु भयो। अन्सारीले वर्तमान राजनीतिको निराशा र अस्थिरतालाई चिर्न, खहरे बिकास नभई दीर्घकालीन बिकासका योजना अघि सार्न, जनतामुखी बिकास र कार्यक्रमको जग बसाउन सरावल गाउँपालिकाको अध्यक्ष पदको उमेदवार बन्ने निर्णय गरेको कुरा बताउनु भयो। अन्सारीले कांग्रेस र एमाले जस्ता राजनीतिक दलहरुले मधेसी, दलित, थारु र मुस्लिमहरुलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरेको, पालिकामा व्यापक भ्रस्टाचार भएको र पालिकाको जमिनी समस्याहरुलाई नजरअन्दाज गरेको आरोप लगाउनु भयो।

अन्सारीले आफ्नो पार्टी जितेको खण्डमा आफुले बाढी नियन्त्रण गर्ने, कृषिमा आधुनिकीकरण गर्ने, बृद्ध भत्ता घर घरमा पुर्याउने, गाऊँ - गाऊँमा मुफ्त वाई फाईको सुबिधा दिने, १० कक्षा पास गर्ने बिधार्थीहरुलाई साइकिल दिने, उच्च शिक्षाका बिद्यार्थी हरुलाई ल्यापटप दिने, गरिब परिवारका जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृति दिने, नयाँ अस्पतालहरु बनाउने, निशुल्क एम्बुलेन्स उपलब्ध गराउने, रोजगारीका अवसरहर सिर्जना गर्ने, नयाँ कृषि सडक निर्माण गर्ने र खेलकुदमा युवाहरुलाई प्रोत्साहन गर्ने जस्ता योजनाहरु ल्याउने बताउनु भयो। सरावलमा अहिले स्थानीय चुनावको प्रचार - प्रसार तिब्र गतिले चलि रहेको छ। कंग्रेस र एमाले दुबैबाट बागी उम्मेदवारहरुले उम्मेदवारी दिएको कारण पनि यसपालिको चुनावमा अन्सारीको जित पक्का भएको स्थानीय बासीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सिरहामा सहकारी विवाद ...

रहमुल,लहान १६ वैशाख । सिरहा स्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भगवानपुर शाखा विरुद्ध ...

सिरहामा ‘राष्ट्रिय प ...

सन्जय महरा सिरहा, १५ वैशाख । सिरहा जिल्लामा बालबालिका तथा सुनौलो हजार दिनका आमाहरूको पोषण अवस्था पहि ...

स्थानीय तहमा सहभागित ...

रासिन्द्र यादव सप्तरी १४ बैशाख । स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१