Siraha Times
ताजा समाचार

लक्ष्मीपुर पतारीमा नेपाली काङ्ग्रेसबाट चतुरान्नद ठाकुरको अध्यक्षपदमा उम्मेदवारी घोषणा

  • वैशाख १२, २०७९
  • ९९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार/सिराहा/१२ बैशाख। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा नेपाली काङ्ग्रेसबाट गाउँपालिकाअध्यक्ष पदमा चतुरान्नद ठाकुरले आज टिकट पाएको छ। त्यसैगरी नेपाली काङ्ग्रेसबाटै लक्ष्मीपुर पतारी गाउँपालिकाको उपाध्यक्ष पदमा अमरकला देवी यादवले टिकट पाएकी छिन। अध्यक्ष , उपाध्यक्षमा टिकट पाएपछि जनताको हकहितमा काम गर्ने प्रतिवद्धता गर्दै उम्मेदवारी दिइएको बताएका छन । निर्वाचन आयोग नेपाल स्थानीय तह सदस्य निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालय लक्ष्मीपुर पतारी गाउँपालिकाबाट टिकट पाई सकेको नेता चतुरान्नद ठाकुरले बताए । आगामी बैशाख ३० गते हुन लागिएको स्थानीय तह निर्वाचन अन्तर्गत टिकट पाई उम्मेदवारी दर्ता गराउनु भएको छ। लक्ष्मीपुर पतारी गाउँपालिकाका लोकप्रिय , प्रभावशाली नेता चतुरान्नद ठाकुरलाई जित्ने पहिला देखिनै चर्चा आई रहेको छ। अहिले पालिकामा ६ वटा वडाहरु छन :- पिपरा , पोखरभिण्डा , महेशपुर , लक्ष्मीपुर , खरुक्याही , सितापुर पालिका भित्रका गाउँहरुमा नेता ठाकुर उम्मेदवारी दिइएको हो। वहाँको जितको अग्रिम शुभकामना दिइनेहरु सङ्ख्या बढ्दो छ।

प्रतिक्रिया दिनुहोस

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१