लहानका दलित अब मासु च्युरामा नविक्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने उम्मेदवारलाई मतदान

  • वैशाख ६, २०७९
  • ८९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, ६ वैशाख । दलितहरु भोट बैंकको रुपमा अब नरहने भन्दै बैंक फोड्दै आफ्नो हीतमा काम गर्ने उम्मेदवारलाई मत दिने दलित भेलाका सहभागीले जोड दिएका छन् । दलित संघर्ष समिति लहानले बैशाख ३ गते लहान २४ मा आयोजना गरिएको दलित भेलाका सहभागीले अब भोटबैंक आफ्नो हीतमा काम गर्ने उम्मेदवारलाई मत दिने प्रतिबद्धता गरेका छन् । जसले एक घर एक रोजगारी, शिक्षा स्वास्थ्य निःशुल्क र विभेद अन्त्य गर्ने उम्मेदवारलाई मात्र मत दिने सहभागीहरुले प्रतिबद्धता गरेका छन् । लहान नगरपालिकामा दलितको सँख्या सबैभन्दा बढी छन् । वडाध्यक्षमा एक जना दलितलाई पनि दलहरुले टिकट नदिने । जहाँ जनसँख्याको आधारमा मेयर उपमेयरमै निर्वाचित हुने हैसियत रहेको सहभागीहरुको दावी रहियो । यस पटक दलितहरु मासु च्युरा रक्सीमा नविक्ने भन्दै यस्ता लोभलालच दिने उम्मेदवारलाई गाउँ टोल प्रवेशमा रोक लगाउँने उनीहरुले प्रतिबद्धता गरेका छन् ।

दलित एकतामा जोड दिँदै सहभागीहरुले दलितलाई वडाध्यक्षसम्म टिकट नदिएका दललाई वहिष्कार गर्ने अभियान नै चलाउँने बताएका छन् । आवश्यक परे लहानमा मेयर उपमेयरसहित २४ वटै वडामा वडाध्यक्षको लागि उम्मेदवारी दिएर आफ्नै समुदायलाई मतदान गर्ने जोड दिएका छन् । कार्यक्रममा लहान १३, १४ र २४ का दलित अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सभाध्यक्षता मनोज पासमानले गरेका थिए भने दलित अगुवा रामगणेश दास, रिक्मा विश्वकर्मा, रमण दास, भोगेन्द्र पासमान, भिम आर्मीका प्रतिनिधि, पत्रकार दिनेश्वर गुप्ता, महेश सिँहलगायत दर्जनौले मन्तव्य राखेका थिए । कार्यक्रममा लहान चमार काण्ड, मधेशमा दलितमाथी भइरहेको हत्या हिँसा, बलात्कारलगायतको घटनाको निन्दा गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१