Siraha Times
ताजा समाचार

पर्सा धोबिनी गाउँपालिकाको जसपा पार्टी प्रबेश कार्यक्रम

  • वैशाख ३, २०७९
  • ११२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा ३ बैशाख जनता समाजबादी पा(जसपा) धोबिनी गाउँपालिका कोर्टी  आयोजना मा आज पार्टी प्रबेश कार्यक्रम पर्साको धोबिनी गाउँपालिका वडा नं ३ हरिहरपुर मा समपन भएको छ।पार्टी प्रबेश कार्यक्रम मा लोजपा प्रत्याग गरि लोजपा का केन्द्रीय सदस्य पप्पु पटेल, नेकपा एमाले का नेता प्रमोद यादव लगायत दर्जनौ जनता हरु जसपा मा पार्टी प्रबेश गरेका छन। पार्टी प्रबेश कार्यक्रम जसपा नेपाल धोबिनी गाउँपालिका अध्यक्ष देबेन्द्र पटेल को अध्यक्षतामा भएको कार्यक्रम मा प्रमुख अतिथी पर्सा क्षेत्र नं ४ (ख) का बिधायक सिंगासन कलवार को प्रमुख अतिथ्यमा भएको पार्टी प्रबेश कार्यक्रम मा बोल्दै मधेशी जनता हरु ले दिएको योगदान बाट मधेशी जनता हरु ले आफ्नो पहिचान को रुपमा मधेश प्रदेश पाएका छन ।जसपा नेपाल ले मधेश प्रदेश कायम गरी मधेशी जनता हरु को सान र पहिचान कायम गरेको छ। मधेश प्रदेश मा जसपा को सरकार ले मधेशी हरु को पहिचान को साथै शिक्षा ,स्वास्थ्य ,कृषि,सिचाई लगायत भौतिक बिकास निर्माण को काम मा अगर्ता लिएको दाबी गरे।जसपा को सरकार ले क्षात्रा हरु को लागि उच्च शिक्षा पढन को लागि साईकल बितरण गरेको छ। बालिका हरु को लागि बिमा को ब्यवस्था गरेको छ। जसपा को सरकार ले गरेको राम्रो काम लाई नेपाली काँग्रेस र एमाले का नेता हरु लाई नपचेको कारण मुदा मोकादमा गरेर हरान पार्न खोजेको छ।मधेश र मधेशी हरु को खुशी नेपाली काँग्रेस र नेकपा एमाले हेर्न सकिरहेको छैन । जनता समाजबादी पार्टी मधेश प्रदेश मात्र होईन अब सातै प्रदेश मा रहेको छ।

आउने दिन मा जसपा नेपाल को छाता छाप मा मोहर लगायर बहुमत को साथ बिजय गराउन अाग्रह समेत गर्नु भएको थियो। मधेश र मधेशी जनता को एक मात्र पार्टी जसपा रहेको छ।अाफ्नो क्षेत्र को बिकास को बारेमा चर्चा गर्दै प्रदेश साँसद कलवार ले भने ५० करोड को लागत हुन गईरहेको छ ओरिया खोला मा डेम बनाएर सिचाई उपलबध गराउने यो क्षेत्र मा पर्ने बल्क नं १/२ मा सिचाई को लागि पानी ब्यवस्थापन गरिने बताए। प्रदेश सरकार को लगानी मा १३ किलो मिटर रिंग रोग को काम भईरहेको छ । आउने दिन हरुमा शिक्षा ,स्वास्थ्य , लगायत विशेष प्राथमिकता रहने बताए ।पार्टी प्रबेश कार्यक्रम मा जसपा का प्रदेश सदस्य एव धोबिनी गाउँपालिका अध्यक्ष पद का उमेदवार मदन चौहान ले भने गाउँपालिका मा भई रहेको भ्रस्टाचार लाई उजागर गरेर हेराउन्छु अहिले धोबिनी गाउँपालिका भ्रस्टाचार को अखडा बनेको छ । भ्रस्टाचार मुक्त गराउने छ भने ईमान्दार छवि को नेता हरु लाई अाफ्नो भोट दिएर बिजय गराउनुस म मदन चौहान तपाईं हरु को पहरेदार बनेर तपाईं हरु को दुख शुख मा साथ दिने प्रतिबद्धता गर्नु भएको छ। जिल्ला अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अालम, वडा अध्यक्ष ललन पटेल, मनाउर मियाँ , दिपक सराफ लगायत ले नव प्रबेशी हरु लाई फुलमाला लगाएर स्वागत तथा शुभकामना दिनु भएको थियो ।कार्यक्रम संचालन युवा नेता सचिन सिंह ले कार्यक्रम संचालन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा पोषण लेखा ...

रहमुल, सिरहा, १८ वैशाख । सिरहाको नवराजपुर गाउँपालिकामा सुनौलो हजार दिनका आमाहरू तथा ५ वर्षमुनिका बाल ...

भगवानपुरमा कृषि तथा ...

ओम प्रकाश  यादव लहान, वैशाख १७ । “सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ” भन्ने ...

सशक्त, समृद्ध, सम्मा ...

ओम प्रकाश यादव लहान वैशाख १७। सशक्त, समृद्ध, सम्मानित किसान सबल महासंघले आगलागीबाट प्रभावित परिवारहर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१