समाजका सकारात्मक संबाहकको रूपमा नवलपरासी युवा समाज

  • वैशाख २, २०७९
  • ७९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल वैशाख २ । समाजको निर्माण आदिम कालदेखि भएको थियो जहाँ विकासले फडको मार्दै आजसम्मको आधुनिक समाज बन्न सफल भएको हो । नदी किनारमा विकशित भएको मानव सभ्यताको उतिबेला देखि विकासको खम्भा युवालाई मानिन्छ । समाजमा असली परिवर्तन युवाबाट मात्र सम्भव देखिएको छ । समाजमा विकृति र विसंगतिका विरुद्ध आवाज उठाउने युवा सकारात्मक दिशामा उभिनु आजको आवश्यकता हो । देशमा राजनीतिक तरलता भइरहेको अवस्थामा देशका युवाहरु स्वतन्त्र सामाज निर्माणको दिशामा उभिरहेको छ । नवलपरासीमा स्वतन्त्र युवा धर्मेन्द्र गिरी र नरेन्द्र मिश्र जस्ता युवाहरु जिल्लामा हरेक पक्षमा सकारात्मक सुधारका निम्ति यतिबेला युवाहरुको समाज गठनमा लागिपरेका छन् । समाजमा रहेका कुलत लगायत हरेक किसिमका समस्याहरू जसले समाजलाई कुरुपता तिर धकेलिरहेको खराब तत्वलाई निर्मूल र सुधारको महान कार्यमा लागिपरेका युवा समाज हुन् नवलपरासी युवा समाज । जिल्लामा मौलाइरहेको भ्रष्टाचारको विरुद्धमा उभिने समाजले समाजमा चेतना मुलक कार्यक्रम समेत सञ्चान गरिरहेका छन् । जिल्लामा किशासनको समस्यादेखि लागू पदार्थ दुरुपयोगमा लिप्त युवा देखि सडकमा ट्राफिक चेतना लगायतका सकारात्मक नीति लिएर अगाडि आएका युवाको कार्यलाई सबैतिर सकारात्मक रूपमा हेरिनु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१