राम पुकार यादव /,सिरहा । आज हामी रोडमा हिँडेका छौ । कालो पत्रे सडकमा पैदल देखि बाइक चार चक्के गाडी हिँडेका देख्छौं । आधुनिकरण्को साधनहरु देख्छौं । यति हुँदाहुँदै पनि शिक्षाको बिकास देखिएन । शिक्षामा परिवर्तन आएन ।हाम्रो मधेसी समाज ,समुदायको स्तर माथी उठ्न सकेन । हामी जहाँको त्यही हौं। हुनत मधेसी जस्तै देशको अरु समुदायहरुको अबस्था पनि त्यस्तै हो। खास गरि आज म हुलाकी रोडमा हिँडिरहदाको अनुभुती र यहाँ अबस्थित समुदायहरुको चित्रण गर्न खोजेको छु। यो हुलाकी सडक जो आज देखि पचासौं बर्ष पहिला नै बनिसक्नु पर्थ्यो। तर बनेन ।बनाएनन ।
किन बनेन /बनाएनन भन्दा यो हुलाकी सडकको दुबै छेउको पेटि र पेटि बाहिर मधेसी यादव समुदाय हरुको बाहुल्यता हो। सिरहाको सप्तरी देखि बागमती सम्म यो रोड सँग टाँसिएर करिब ९५% मधेसी यादव समुदायहरु नै छन। जो सँधै आफ्ना खेती किसानी गरि जिबिकोपार्जन गर्दै आइरहेको देखिन्छ।उनिहरु प्राय:गाई भैंसी ,बाख्रा आदि अन्य कृषिजन्य काम काज गर्ने गरिन्छन र देश बिकासमा पनि सहयोग गर्ने गर्छन। त्यसै आमदानी बाट राज्यको ढुकुटी पनि बलियो बनाउन सदैब सफल भएको छ। बलियो अर्थतन्त्र सहित राज्यलाई सबल पार्ने यी सडक पेटिका मधेसी समुदायहरु किन पछाडी पारिए। राज्य किन निरीह देखिए। राज्यको दृस्ठिकोणमा किन हेपिदै आए। पचास बर्ष पहिले बनिसक्नु पर्ने हुलाकी सडक अहिले पनि मेची देखि महाकाली सम्म पुर्ण रुपले बन्न सकेनन् ।कुरो बडो मार्मिक र बिचारनिय छ।बुझौं हामी एक चोटि तत्कालीन राज्य ब्यबस्थाको राज्यको कुदृस्टी।
राणा,राजाहरुको जहाँनिया शासन थियो। उनिहरु आफ्नो सुख बिलास बाहेक कसैको सुख बिलास देख्न चाहदैन थियो। उनी राणाहरु आफ्नो शाखा सन्तान इस्ट्मित्र, करकुटुम्ब,नातागोता बाहेको अरुको लागि त्यति शिक्षा, स्वस्थ्य, यातायातको सुबिधा दिदैन थियो । यसको कारण थियो कि देशको आम समान्य नागरिकको पहुँच सत्ता सँग नहोस। नागरिकहरु हरेक दिनचर्या तत्कालीन समयको शासकको पैरवी र गुनगानमा बितोस भन्ने सोच , मानसिकता । अर्थात नागरिकलाई गुलाम बनाइ आफ्नो आवश्यकता परिपुर्ति गर्ने साधनको रुपमा प्रयोग गर्ने दृस्टिकोण। छुवाछुत ब्यबस्थालाइ पनि राज्यले विभेद गरेर शासन गर्ने अंगको रुपमा नै अपनाएको थियो। यो एक देशको समान्य नागरिक माथी शोषण गर्ने नीति नै थियो उनीहरुको लागि।जुन नितिको तहत षड्यन्त्र र जनताको दोहन शोषण गरिन्थ्यो ।
प्रतिक्रिया दिनुहोस
जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा “Nutrition for Life (N4L)” कार्यक्रमको जिल्ला स्तरीय परिचयात्मक बैठक सम्पन्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic