Siraha Times
ताजा समाचार

भ्रष्टाचारमुक्त नगर समृद्धनगर बनाउने गायत्री महायज्ञद्वारा संकल्पित-नेता यादव

  • चैत २९, २०७८
  • ७०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान/चैत २९गते। सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ रामजानकी मन्दिरको प्राङ्गणमा सोमबार सुखीपुर नगरपालिकाको पाँचौं स्थापना दिवसको अवसरमा समाजसेवी लोकप्रिय युवा नेता वि.पी भुवन यादवद्वारा गायत्री संकल्प महायज्ञ आफू नगर प्रमुख भए भ्रष्टाचार नगर्ने संकल्प लिइएका छन। नगरको पाँचौं स्थापना दिवसको अवसरमा तत्कालीन सुखीपुर नगरपालिका बचाऊ संधर्ष समितिका आयोजनामा "भ्रष्टाचार मुक्त नगर - समृद्ध नगर बनाउने गायत्री संकल्प महायज्ञद्वारा संकल्प लिइएको बताइएको छ। युवा नेता वि.पी भुवन यादवका अनुसार आफु तत्कालीन सुखीपुर नगरपालिका बचाउ अभियानका संयोजक रहेको बेला स्थानीय र आफु आन्दोलन पश्चात सखीपुर नगरपालिकालाई नगरपालिका राख्न धेरै परिश्रमपश्चात गर्न परेको बताए । सुखीपुर नगरपालिकामा बढ्दो बेतिथि विरुद्ध नेता यादवले आवाज उठाइएको कुरा सर्वविदित्तै रहेको बताए । जस्तै दिवाखाजा, नगर स्थापना कालमा राजमार्गमा चक्काजाम, अन्सन्न आदिले गर्दा अहिले सुखीपुर नगरपालिका स्थापना भएको नेता यादवले दाबीले दाबी गरेका छन। वहाँका अनुसार यदि आफू नगर प्रमुखको रुपमा आए सुन्दर नगर समृद्ध नगर बनाउने उदेश्य राखेको बताए । योसँगै भ्रष्टाचार मुक्त नगर - समृद्ध नगर बनाउने उदेश्य बोकेर चुनावी मैदानमा उत्रिएको बताए ।

प्रतिक्रिया दिनुहोस

कटनिया नदीमा पुल निर ...

रहमुल, लहान १६ वैशाख । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्ड अन्तर्गत पर्ने कटनिया नदीमा वर्षौं ...

सुखीपुर नगरपालिका अस ...

रहमुल, लहान, १६ वैशाख । सिरहाको सुखीपुर नगरपालिका लामो समय देखि अस्तव्यस्त अवस्थामा रहेको पाइएको छ। ...

सिरहामा सहकारी विवाद ...

रहमुल,लहान १६ वैशाख । सिरहा स्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भगवानपुर शाखा विरुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१