ताजा समाचार

लुम्बिनी प्रदेशमा गठबंधन पार्टीले निर्वाचन लक्षित जारी गरे संयुक्त प्रेस विज्ञप्ति

  • चैत २३, २०७८
  • १५४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, चैत्र २३ लुम्बिनी प्रदेशमा चुनावी गठबंधनमा आबद्ध दलहरूमा विभिन्न नेताहरूको उपस्थितमा स्थानीय चुनावमा गठबंधन लाई व्यवहारिक रूपमा कार्यन्वयन गर्न प्रेस विज्ञप्ति जारी गरेको छ l उक्त प्रेस विज्ञप्तिमा सबै स्थानीय तहमा गठबंधन संयन्त्र निर्माण गरि नियमित बैठक बसि मत विश्लेषण सहितको रिपोर्ट पेश गर्ने, स्थानीय पालिका र जिल्लाहरूले गरेका सहमति लाई सकारात्मक रूपमा ग्रहण गर्ने, कुनै पालिकामा समस्या रहेमा प्रदेश तहबाट कार्यदल निर्माण गरि स्थलगत अनुगमनका आधारमा समस्याको समाधान गर्ने, प्रदेश र जिल्लामा आवस्यकता अनुसार गठबंधन दलको नियमित बैठक बस्ने, गठबंधन को आवस्यकता र महत्वबारे जनस्तरमा बोध हुने गरि प्रदेश स्तरीय संयुक्त सभाको आयोजना गर्ने, हाल सम्म जिल्लाले गरेको गठबंधनको सकारात्मक पहल हरु लाई स्वागत सहित अझ प्रभावकारी ढंगले निष्कर्षमा पुर्याउन आग्रह गर्दै ६ बुदे प्रेस विज्ञप्ति जारी गरिएको छ l उक्त प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव तथा राष्ट्रीय जनमोर्चा लुम्बिनी प्रदेश उपाध्यक्ष बद्रे आलम सहितको हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गरिएको छ l जसको सम्पूर्ण जानकारी जनता समाजवादी पार्टी नेपाल का लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले दिनुभयो l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤