Siraha Times
ताजा समाचार

आचारसंहिता लाग्नु अगावै नगरप्रमुखले फिर्ता गरे आफू चढ्ने सरकारी गाडी

  • चैत २३, २०७८
  • १३९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर , चैत्र २२ । निर्वाचन अचारसंहिता लाग्नुभन्दा अगावै कृष्णनगर नगरपालिकाका नगरप्रमुखले चढ्ने गाडी फिर्ता गरका छन । स्थानीय निर्वाचन २०७४ मा स्वतन्त्र उम्मेदवारकाे रुपमा नेपालभरि कै नगरपालिकाका स्वतन्त्र उम्मेदवारमध्ये सबैभन्दा बढी फरक मतान्तरले जीत हासिल गरेका कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले आफू चढ्ने पालिकाकाे गाडी हस्तान्तरण गरिसकेकाे बताउनुभएको छ । निर्वाचन आचारसंहिता लाग्नुभन्दै पहिलै नै नगरपालिकाकाे गाडीकाे सांचाे प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ढकाललाई सुम्पिएकाे नगरप्रमुख शाहले जानकारी दिनुभयाे । आइतबार अफिस समयमा नगरपालिका पुगेर सेताे प्लेटकाे स्कारपियाे गाडीलाई नगरपालिका तथा अन्य सरकारी कामकाजका लागि फसर्ता गरिएकाे छ । अन्य एउटा गाडी उपमेयर सबनम खातुनले चढ्ने पनि छिट्टै फिर्ता हुने याेजना शाखा प्रमुख साकिर अहमद शाहले जानकारी गराउनुभयाे । स्थानीय निर्वाचन २०७८ काे आचार संहिता लागेसंगै जनप्रतिनिधिहरुले लिने सेवासुविधामा राेक लाग्ने भएकाले जिल्लामै पहिलाे स्थानीय तहका जनप्रतिनिधिले गाडी फिर्ता गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१