Siraha Times
ताजा समाचार

एकीकृत समाजवादी पार्टीको चुनावी सभा सम्पन्न

  • चैत २२, २०७८
  • १२७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २३ चैत - सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको बृहत चुनावी सभा सम्पन्न भएको छ। चुनावी सभा सम्बोधन गर्न आएका पार्टीका प्रबक्ता जगरनाथ खतीवाडाले किसान मजदुरहरुको पार्टी एकीकृत समाजवादी पार्टी नै रहेको भन्दै कम्युनिस्ट नेताहरु पुजी पतिबलाहरुले गरीबलाई सोशन गर्ने जमिनदारहरुको विरुद्धमा लडाइँ लडने हाम्रो पार्टी हो जोड दिएका थिए। युवा नेता अमीर कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा पार्टीको प्रबक्ता जगरनाथ खतीवाडा रहनु भएको थियो।बिशिस्ट अतिथिहरुमा पुर्व मन्त्री राम चन्द्र यादव,प्रदेश सभा सदस्य अशोक यादव,उतर बहादुर जर्घा मगर रहेका थिए।अतिथिहरुमा गाउँपालिका अध्यक्ष केदारनाथ यादव,उपाध्यक्ष अमला देबी यादव,नेता मानबिर यादव लगायतका हजारौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।युवा नेता केदार नाथ यादव गाउँपालिकामा आउने चुनावमा पुनः निर्वाचित हुने प्रवल सम्भावना रहेको पार्टी प्रबक्ता खतिवाडाले बताए।

अध्यक्ष यादवका अनुसार सिरहामा अरु गाउँपालिकाको तुलनामा आफुले नमुना काम गरेको गर्भ गरेका थिए। हरेक दृस्टीले हाम्रो गाउँपालिका सिरहामा अग्रनी भुमिका खेलेको बताउनु भयो।उक्त कार्यक्रममा काङ्ग्रेस एमाले प्रतियाग गरी सयौं जनाले एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। नेपाली जनताको हितमा काम गर्ने पार्टी एकीकृत समाजवादी पार्टी हो यो कुरा सम्पुर्ण जनतालाई थाहा भएकै कुरा दर्साउदै सुर्य छाप छोड्नुको एउटै कारण केपी शर्मा ओलीले पार्टीको सिद्धान्त बिपरित काम गर्न थाले पछी हामीले जनतालाई जोगाउन अर्कै विकल्प रोजेको बताए।गरीब दलितको हरेक सुख दुखमा साथ दिने पार्टीमा लाग्ने जनताको अधिकार रहेको बताउनु भयो। नेपाली जनताको मौलिकता जोगाउन देशमा ठुलो शक्तिको रूपमा स्थापित हुन लागेका हाम्रो पार्टी मात्र रहेको चुनावी सभामा बताए। जनतामा रहेको अन्यौलतालाई प्रष्ट पार्दै हरेक बर्ग समुदायको हितमा अवाज उठाउन पार्टी पछाडि नपर्ने बताए।कार्यक्रममा उल्लेखनीय उपस्थितिको चर्चा गर्दै सखुवानान्कारकट्टी गाउँपालिकामा पार्टी कार्यालयको उद्घाटन समेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

जेठाजुको कुटपिटबाट म ...

ओम प्रकाश यादव लहान, ५ असार। सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–५ लालपुरमा एक महिलामाथि आफ्नै ...

समर्पित शिक्षक टोलीक ...

रहमुल, लहान, ५ असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ स्थित आधारभूत विद्यालय खाइरबोनामा ...

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१