उत्तर प्रदेश को मुख्यमंत्री योगी आदित्यनाथ नेपाल आउने

  • चैत २२, २०७८
  • १८०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी गेडुवाजोत विजयनगर कपिलवास्तु उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल भ्रमणमा आउने भएका छन् । उनी केही हप्ताभित्रै नेपाल भ्रमणमा आउने बुझिएको छ । योगी दोस्रो पटक उत्तर प्रदेशको मुख्यमन्त्री भएपछि पहिलो विदेश भ्रमणमा नेपाललाई रोजेको विश्वस्त स्रोतले बताएको छ । उनले नेपाल भ्रमणको दौरान पशुपतिनाथलगायत धार्मिक तीर्थस्थलको भ्रमण गर्नेछन् । योगीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा बनारसमा विशेष स्वागत गरेका थिए । देउवालाई काशी विश्वनाथको दर्शन समेत गराएका थिए । नेपालमा योगीको भ्रमणको मिति भने तय गरिएको छैन । तर, उनले नेपाल भ्रमणमा आएर महत्वपूर्ण सन्देश दिने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

महान मधेस जनविद्रोहक ...

रहमुल, लहान ५ माघ। महान मधेस जनविद्रोहका महान वीर सहिद रमेश महतो लगायत सम्पूर्ण सहिदहरूको स्मरण तथा ...

मेयर महेश चौधरीद्वार ...

ओम प्रकाश यादव लहान माघ ५ । लहान नगरपालिका–२४ निवासी परम देवी यादवको निधन भएपछि शोकमा डुबेको प ...

लहान–२१ मा जसपा नेपा ...

लहान माघ ३ ।सिरहा जिल्लाको लहान नगरपालिका–२१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा समिति ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१