Siraha Times
ताजा समाचार

दलित अधिकार नपाएसम्म मुलुक समृद्ध नहुने : मुख्यमन्त्रि राउत

  • कार्तिक १७, २०७५
  • ९६४ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १६ कार्तिक । प्रदेश नं. २ का मुख्यमन्त्रि लालबाबु राउतले दलित समुदाय अधिकार नपाएसम्म मुलुक समृद्ध नहुने बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिका बडा नं. ११ मा शुक्रबार दलित जनप्रतिनिधिहरुको प्रदेश स्तरीय सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रि राउतले मुलुक परिवर्तनको प्रत्येक लडाईमा दलितको भमिका अहम रहेपनि अधिकारको बेलामा सधै बेइमानी हुदै आएको बताएका छन् । 
 
राजनितिक दलहरुले चुनावको समयमा ठुला–ठुला आश्वासन दिई दलितहरुलाई भोट बैंकको रुपमा प्रयोग गरिरहेको भन्दै उनले दलित समुदाय अहिले पनि हकअधिकार पाउनबाट बन्चित रहेकोले त्यस्ता तत्बबाट आफै सचेत रहनु पर्ने जिकिर गरेका छन् । प्रदेश नं. २ मा दलितको १८ प्रतिशत जनसंख्या रहेपनि उनीहरुको राज्यका निकायहरुमा सम्मानजनक प्रतिनिधित्व हुन नसकेको बताउदै मुख्यमन्त्रि राउतले यस प्रदेशमा प्रदेश सरकारले बनाउने हरेक कानुनमा दलितको सहभागिता जनसंख्या अनुकुल हुने आश्वासन दिएका छन् । पुराना सोच नयाँ पुस्तामा परिवर्तन हुन नसकेकाले अहिले पनि दलित, मुस्लिम लगायतका समुदायलाई दास र गुलाम भई बस्नुपर्ने अवस्था रहेको उनले औल्याए । समाजमा रहेका छुवाछुत, भेदभाव र समाजिक अपराध शिक्षाले मात्र सुधार हुने भएकोले प्रदेश सरकारले “बेटी पढाउ, बेटी बचाउ” कार्यक्रम संचालन गरेको उनले दाबी गरे । 
प्रदेश सरकारले दलित सशक्तिकरण ऐन प्रदेश सभामा पेश गर्ने तयारीमा रहेको भन्दै मुख्यमन्त्रि राउतले यस ऐनले दलितमाथीको छुबाछुत, भेदभाब, अन्याय अन्त भई मुलुक समृद्धिको पथमा अगाडी बढ्ने विश्वास ब्यक्त गरेका छन् ।  दलित समुदाय मानव विकास सुचांकमा सधै पछाडी रहदै आएकोले शिक्षा र रोजगारी अहिलेको प्रमुख आवश्यक्ता रहेको समेत उनले बताए । प्रदेश सरकारले अगाडी बढाएको प्रदेश प्रहरी ऐन लागु हुने समेत उनले जिकिर गरे । 

भेलाले बिभिन्न १० बुँदे माँग राख्दै मुख्यमन्त्रि राउतलाई कर्जन्हा घोषणा पत्र समेत बुझाएका छन् । दलित सरोकार मञ्चका निर्देशक एवं दलितका अगुवा नेता भोला पासमानको अध्यक्षतामा कार्यक्रममा कर्जन्हाका मेयर गंगा पासमान, प्रदेश सांसद दिलिप साह, चमेली देबि दास, पुर्बमन्त्रि महेन्द्र पासमान, पुर्ब सांसद बिष्णुलाल वाईवा, संघिय समाजबादी फोरम नेपाल सिरहाका सह–ईन्चार्ज बिष्णु साह लगायतकाले सम्बोधन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

स्थानीय तहमा सहभागित ...

रासिन्द्र यादव सप्तरी १४ बैशाख । स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश् ...

समावेशी शिक्षामा ‘सम ...

रहमुल, सप्तरी १३ वैशाख । समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य सहित सञ्चालन हुँदै आएक ...

बलान बिहुलमा सडक स्त ...

रहमुल सप्तरी, १३ वैशाख । “समृद्ध बलान बिहुलको यात्रा” अभियानअन्तर्गत बलान बिहुल गाउँपालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१