Siraha Times
ताजा समाचार

कमिशनको चक्करमा लहानका सिँचाई प्रमुख भाडाको भवनमा कार्यालय सार्ने तयारी

  • कार्तिक १७, २०७५
  • ८७५ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

नवसंग्राम दैनिक लहान, १७ कात्तिक । सिँचाई विकास डिभिजन कार्यालय सिरहाका प्रमुख श्यामनन्द यादवले लहानमा कार्यालय सँचालन बन्द गरी कमिशनको चक्करमा सिरहामा भाडाको घरमा कार्यालय सँचालन गर्ने तयारी गरिरहेको खुलासा भएको छ । नेपाल सरकार (मन्त्रीपरिषद्) को बैठकले एकीकृत कार्यालय स्थापनाको लागि सिँचाई विकास डिभिजन सिरहाको कार्यालय साविकको जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजनको कार्यालय लहान रहने स्थान तोकिएको छ ।

उता, मन्त्रीपरिषद्को निर्णयलाई लत्याउँदै प्रमुख यादवले अलगै सिरहामा कार्यालय खोल्न निजी भवन भाडामा लिएको छ । लहान स्थित रहेको कार्यालयमा तालाबन्दी गरी कार्यालय प्रमुख र दूई जना प्राविधिकलाई लिएर सिरहामा कार्यालय सँचालनको तयारी गरिरहेको छ । यता, १४ जना कर्मचारी लहानमै काम गर्न आएपनि कार्यालयमा तालाबन्दी गरेको जानकारीमा आएको छ ।

कार्यालय सँचालनको लागि लहानमा सबै कागजात रहेको छ भने हाजिरी रजिष्टर लिएर कार्यालय प्रमुख सिरहा पुगेका छन् । कार्यालय प्रमुख यादवको गैरजिम्मेवारी तथा नेपाल सरकारको निर्णयलाई लत्याएको भन्दै लहान नगरपालिकाले आपति जनाएको छ । नगरपालिका प्रमुख मुनी साहका नेतृत्वमा वडाध्यक्ष, नागरिक समाज, पत्रकार, राजनीतिक दलका प्रतिनिधिहरुको एक टोली लहान स्थित कार्यालय आज अनुगमन गरेका छन् ।

अनुगमनको क्रममा नेपाल सरकारको निर्णयलाई पालन गर्न र साविकको भवनमै कार्यालय सँचालन गर्न एक विज्ञप्ती समेत जारी गरेका छन् । सरकारले लहानमै कार्यालय सँचालन गर्न पत्राचार गरिएपनि सिँचाईका प्रमुख श्यामानन्द यादवले सिरहामा कार्यालय सँचालन गरेकोले आपती जनाएको छ ।

लहान स्थित सिँचाईको आफ्नै भवन रहेपनि प्रमुख यादवले सिरहामा घरभाडा लिएर कार्यालय सँचालन गर्ने कार्य अघि बढाइएको छ । एक स्रोतका अनुसार प्रमुख यादवले सिरहामा भवन भाडामा बार्षिक एक लाख कमिशन लिने गरेको खुलासा भएको छ । कमिशनको कारण लहान स्थित रहेको सरकारी भवनलाई छाडेर सिरहामा कार्यालय सँचालन गर्न लागिएको हो । प्रमुख यादवले प्रदेश सरकारको निर्णय रहेकोले सिरहामा कार्यालय सँचालन गर्न लागिएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१