Siraha Times
ताजा समाचार

सप्तरीको जसपा जिल्ला अध्यक्ष सहित २"सय नेता कार्यकर्ता तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश

  • चैत १८, २०७८
  • ९४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १८ चैत - जसपा पार्टी सप्तरीको जिल्ला अध्यक्ष जिबछ यादव लगायत २ सय जना नेता कार्यकर्ता जसपा पार्टी प्रत्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन्।सप्तरीको राजबिराजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी प्रत्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका हुन्। जिल्ला अध्यक्ष जिबछ यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा तराई मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष बृषेश लाल कर्ण रहनु भएको भने बिशिस्ट अतिथिमा पार्टीका केन्द्रिय सदस्य डा. बिजय कुमार सिंह रहनु भएको थियो।जनता समाजवादी पार्टी नेपालमा निकै बिकृती र बेतिथीको कारण मधेसमा पार्टी कमजोर हुँदै गएको टिप्पणी गरेका थिए। २०६४ सालमा तराई मधेस लोकतान्त्रिक पार्टीको स्थापना नेता महन्त ठाकुरले गरेका थिए।पार्टीको स्थापना भए पश्चात् मधेसमा निकै लोक प्रिय् पार्टीको रूपमा स्थापित भएका थिए।मधेस र मधेसीको मुद्दा लिएर तत्कालीन महन्त ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीले मधेसमा अग्रनी भुमिका निर्वाह गर्दै आएका थिए।

Open photo

मधेसमा निकै चर्चित भएका पार्टी हुन।महन्त ठाकुरले ब्यक्तीगत स्वार्थमा लिन भएर उक्त पार्टी छोडेर अर्कै तिर लाग्दा बीचमा उक्त पार्टीले धारासाही भएका थिए। नयाँ नेतृत्व कर्ताको हातमा पार्टी चलाउने जिम्मेवारी आए पछी पुनः पार्टी राजनीतिमा उकासीएको छ्। हाल राजनीति बुझेका नेता बौद्धिक नेतृत्व कर्ता हाल तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका छन्। पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता कर्णले अब आउने दिनमा तराई मधेस लोकतान्त्रिक पार्टी देशको बैकल्पिक शक्ति पार्टीको रूपमा अगाडि बढी रहेको बताए। मधेसी जनता र मधेसको हक अधिकारको लडाई लडने पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मधेसमा राईज गर्ने पार्टी मात्र रहने उनले बताए। कार्यक्रममा वरिष्ठ नेता डाक्टर बिजय कुमार सिंह, केन्द्रिय सदस्य देबनाथ साह, जिल्ला अध्यक्ष प्रमोद यादव, पार्टीको वरिष्ठ नेता खेलान्द साह लगायत उल्लेखनीय कार्यक्रममा उपस्थिति रहेको आयोजकले पत्रकार महेश सिंहलाई जानकारी दिनु भयो।

Open photo

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१