मूख्यमन्त्री राउतद्वारा लर्ड बुद्ध यूनिक एकेडेमीकाे नवनिर्मित भवन उदघाटन

  • चैत १६, २०७८
  • ११३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान चैत्र १६ -मधेस प्रदेशलाई आर्थिक रुपमा समृद्व बनाउन मधेस प्रदेश सरकारले प्राविधिक शिक्षा क्षेत्रको विकासमा जोड दिईरहेको मुख्यमन्त्री लालबाबू राउतले साेमवार उदघाटन मन्तब्यमा बताउनु भएको छ । लर्ड बुद्ध युनिक एकेडमी लहान - ७ को नव भवनकाे समुदघाटन गर्न आज सिरहाकाे लहान आएका मुख्यमन्त्री राउतले प्रविधिक शिक्षामा जोड दिन प्रदेश सरकारले प्रदेश शिक्षा बोर्ड गठन गरेर आगाडी बढीसकेको उल्लेख गरे । 'मधेस प्रदेश सरकारले जनकपुरमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान सुरु गरिसकेको छ।भने बिरगंजमा बिज्ञान तथा प्राविधिक विश्वविद्यालय ,राजविराजमा कृषि विश्वविधालय सुरुहुने अवस्थामा रहेको बताए।मधेस प्रदेशको हरेक जिल्लालाई प्राविधिक शिक्षाको हव बनाउन यस प्रदेश भित्रमा रहेका सक्षम सामुदायिक तथा निजि विधालय हरुलाई समेत प्रदेश सरकारबाट प्राविधिक बिधालय संचालन गर्न अनुमति दिने योजनामा मधेस प्रदेश सरकार रहेको बताए।

Open photo

दलित, मुस्लिम,अल्पसंख्यक ,सीमान्तकृत वर्गका बालबालिका अध्यन गर्ने गरि विश्वविद्यालय संचालन गरिएको छ ।,भन्दै अर्को प्रसंगमा वहाँले भने, 'नेपालमा महिलालाई ५० प्रतिशत आरक्षणको गयारेन्टी गर्ने मुलुकमा पहिलो मधेस प्रदेश सरकार रहेको दावी गरे। आउने केही बर्षभित्र हरेक सरकारी कार्यालयहरुमा महिलाको ५० प्रतिशत सहभागीता रहने छ । आउने दिनमा हामि सरकारमा नरहेपनि आउने पुस्ताको लागि उक्त बाटो खुल्ला गरिदिएको मुख्यमन्त्री राउतको दावी छ। मुख्यमन्त्री लालबाबु राउतलाई एकेडेमीका संस्थापक प्रिन्सिपल संजय कुमार यादवले भब्यरुपमा स्वागत तथा सम्मान गरिएको थियो।वहाँले गुणस्तरीय शिक्षा लर्ड बुद्धकाे प्रतिबद्धता रहेको छ । गुणस्तरीय शक्षाकाेलागी हामी ईमानदारी पुर्वक लगेका छाै । यस विधालयवाट उतिर्ण छात्र छात्राहरू देश र विदेशका ख्यातिप्राप्त क्याम्पसहरुमा नाम निकालेर छात्रवृत्ति प्राप्त गरेकाेकुरा दर्शाउनु भयो।कक्षा १० सम्म संचालनमा रहेको एकेडेमीमा दक्ष शिक्षक द्वारा अध्यापन भैरहेको छ ।सुविधा सम्पन्न तीन तल्ले आफ्नै भवनमा अध्यापन सुरु गरिएको प्रीन्सिपल यादवले बताउनु भयो ।

Open photo

समुदघाटन कार्यक्रममा लहान नगरपालिकाका उप- प्रमुख सरियार चौधरी,एकेडमीका संस्थापक शिव कुमार साह, संस्थापक अध्यक्ष ममता यादव ,लक्ष्मीपुर पत्तारी गाउँपालिकाका अध्यक्ष रामबल्लभ साह ,लहान नगरपालिका वडा नम्बर - २२ का वडा अध्यक्ष विन्देश्वर यादव,लहान- २१ का वडा अध्यक्ष हेमन्त यादव,जिनिस हेल्थ केयर सेन्टर लहानकाे संस्थापक डा विजेनद्र यादव, जसपाका केन्द्रिय सदस्य राजु गुप्ता ,जसपाका नेता रमचलितर महतो ,नेपाल पत्रकार महासंघाका केन्द्रिय परिषद सदस्य तथा बरिस्ठ पत्रकार दिनेश्वर प्रसाद गुप्ता,नेपाल पत्रकार महासंघ सिरहा शाखा अध्यक्ष मनोज बनैता यादव , सरगम एफएमका संचालक फिरोज शेख ,रेडियो नेपालका सिरहा सम्बाददाता संजय विश्वकर्मा , पत्रकार बिरु यादव , महेश सिंह,जिवछ चाैधरी,यमुना खनाल लगायत हजारौंको संख्यामा बिद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१