Siraha Times
ताजा समाचार

करोडको लागतमा भगवतपुरमा डिप बोरिङ निर्माण गरिने : सांसद यादव

  • कार्तिक १४, २०७५
  • ११०८ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, १४ कार्तिक । किसानहरुलाई खेतिपाती गर्नका लागि भईरहेको पानीको समस्यालाई  मध्यनजर गर्दै मिर्चैैया नगरपालिकामा डिप बोरिङ निर्माण हुने भएको छ । मिर्चैया नगरपालिका बडा नं. ८ स्थित बडा दशै, शुभदिपावली तथा छठको अबसरमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सिरहा क्षेत्र नं. ४ का प्रतिनिधि सभाका सांसद राजकिशोर यादवले खेतिपाति गर्नका लागि किसानहरुलाई अकाशे पानीको भरपर्नु पर्ने अवस्था रहेकाले डिप बोरिङ निर्माण गरिदिने उदघोष गरेका छन् । 
 
राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका सांसद यादबले राजमार्ग भन्दा उतरतर्फ पानीको बिकराल समस्या रहेकाले यसलाई समाधान गर्नका लागि थप योजनाहरु ल्याउले आश्वासन दिएका छन् । संसदिय बिकास कोषको करीब एक करोडको लागतमा निर्माण हुने डिप बोरिङको शिलान्यास छठ लगतै हुने समेत उनले बताएका छन् । बोरिङ निर्माण भएपछि करीब एक सय बिघा जमिनमा सिचाई पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।  २०४८ सालपछिको बिकास आफ्नो कार्याकालमा गरेर जनतालाई संघियताको अभाष दिलाउने उनले दाबी गरेका छन् ।     

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१