Siraha Times
ताजा समाचार

मधेस प्रदेश सरकारले प्राविधिक शिक्षामा जोड दिएको छ : मुख्यमन्त्री राउत

  • चैत १४, २०७८
  • १४०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १४, चैत । मुलुकलाई आर्थिक रुपमा समृद्व बनाउन मधेस प्रदेश सरकारले प्राविधिक शिक्षाक्षेत्रको विकासमा जोड दिईरहेको मुख्यमन्त्री लालबाबू राउतले बताउनु भएको छ । लर्ड बुद्ध युनिक एकेडमी लहान - ७ को समुदघाटन गर्न आज सिरहा आएका मुख्यमन्त्री राउतले प्रविधिक शिक्षामा जोड दिन प्रदेश सरकारले प्रदेश शिक्षा बोर्ड गठन गरेर आगाडी बढीसकेको उल्लेख गरे । उनले भने, 'मधेस प्रदेश सरकारले जनकपुरमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान सुरु गरिसकेको छ । बिरगंजमा बिज्ञान तथा प्राविधिक विश्वविद्यालय , राजविराजमा कृषि विश्वविधालय सुरुहुने अवस्थामा रहेको बताए ।

Open photo

मधेस प्रदेशको हरेक जिल्लालाई प्राविधिक शिक्षाको हव बनाउन यस प्रदेश भित्रमा रहेको सक्षम सामुदायिक तथा निजि विधालयहरुलाई समेत प्रदेश सरकारबाट प्राविधिक बिधालय संचालन गर्न अनुमति दिने योजनामा मधेस प्रदेश सरकार रहेको सुनाए । दलित , मुस्लिम , अल्पसंख्यक ,सीमान्तकृत वर्गका बालबालिका अध्यन गर्ने गरि विश्वविद्यालय संचालन गरिएको छ ।' भन्दै अर्को प्रसंगमा उनले भने, 'नेपालमा महिलालाई ५० प्रतिशत आरक्षणको गयारेन्टी गर्ने मुलुकमा पहिलो मधेस प्रदेश सरकार रहेको दावी गरे । आउने केही बर्षभित्र हरेक सरकारी कार्यालयहरुमा महिलाको ५० प्रतिशत सहभागीता रहने छ । आउने दिनमा हामी सरकारमा नरहेपनि आउने पुस्ताको लागि उक्त बाटो खुल्ला गरिदिएको मुख्यमन्त्री राउतको दावी छ ।' मुख्यमन्त्री लालबाबु राउतलाई एकेडेमीका संस्थापक प्रिन्सिपल संजय कुमार यादवले भब्यरुपमा स्वागत तथा सम्मान गरिएको थियो ।

Open photo

कक्षा १० सम्म संचालनमा रहेको एकेडेमीमा दक्ष शिक्षक द्वारा अध्यापन भैरहेको छ। अत्याधुनिक प्रविधियुक्त सुविधा सम्पन्न तिन तल्ले आफ्नै भवनमा अध्ययन अध्यापन सुरु गरिएको प्रीन्सिपल यादवले बताउनु भयो । समुदघाटन कार्यक्रममा लहान नगरपालिकाका उप- प्रमुख सरियार कुमारी चौधरी, एकेडमीका संस्थापक शिव कुमार साह, संस्थापक अध्यक्ष ममता यादव , लक्ष्मीपुर पत्तारी गाउँपालिकाका अध्यक्ष रामबल्लभ साह , लहान नगरपालिका वडा नम्बर - २२ का वडा अध्यक्ष विन्देश्वर यादव , लहान- २१ का वडा अध्यक्ष हेमन्त यादव , जसपाका केन्द्रिय सदस्य राजु गुप्ता , जसपाका नेता रमचलितर महतो , नेपाल पत्रकार महासंघाका केन्द्रिय परिषद सदस्य तथा बरिस्ठ पत्रकार दिनेश्वर प्रसाद गुप्ता , नेपाल पत्रकार महासंघ सिरहा शाखा अध्यक्ष मनोज बनैता यादव , सरगम एफएमका संचालक फिरोज शेख , रेडियो नेपालका सिरहा सम्बाददाता संजय विश्वकर्मा , पत्रकार बिरु यादव लगायत हजारौंको संख्यामा बिद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

Open photo

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१