उत्पीडित समुदायको एक मात्र हितैसी जसपा हो मुख्यमन्त्री राउत

  • चैत १४, २०७८
  • १०४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, चैत १४ । मुख्यमन्त्री लालबाबु राउतले उत्पीडित समुदायको एक मात्र हितैसी जनता समाजवादी पार्टी रहेको बताउनु भएको छ । सिरहाको लहान नपा १९ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सदियौ देखि शासक वर्ग बाट शोषित हुँदै आएको उत्पीडित समुदायको हक हितको लागी लडने एक मात्र पार्टी जसपा रहेको दावी गर्नु भयो । मधेश विद्रोह अघि शोषित रहेको समुदाय तत्कालिन मधेशी जनअधिकार फोरम र हालको जसपा नेतृत्वकै कारण समान सहभागिता पाउन थालेको बताउनु भयो । पुस्तौ देखी ठुला पार्टीका नेता कहलाउनेहरु समेत अहिले मधेश विद्रोहको बलमा स्थापित आरक्षण कोटाबाट आफनै पार्टीमा स्थान पाई रहेको बताउनु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो ,‘मधेश आन्दोलनको बलमा आरक्षणको व्यवस्था लागु नभएको भए हाल उहाँहरुको अवस्था के हुन्थ्यो भन्ने सोचेर पनि दया लागि रहेको छ ।’ अन्य दलहरु आश्वान दिने गरेको भए पनि जसपा र जसपा नेतृत्वको मधेश सरकार व्यवहारमा उतारेर देखाएको दावी गर्नु हँुदै मुख्यमन्त्री राउतले मधेश सरकार जनसंख्याको आधारमा आरक्षणको व्यवस्था, दलित , महिला, मुस्लिम लगायतको समुदायलाई राज्यको मुल धारमा ल्याउन गरेका प्रयासहरु ठोस उदाहरण रहेको उल्लेख गर्नु भयो । वडा कमिटीका अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जसपा केन्द्रिय सदस्य एवं पुर्व मन्त्री राजलाल यादव, केन्द्रिय सदस्य राजकुमार गुप्ता प्रदेश सदस्य रिता यादव सहितका नेताहरुले सम्बोधन गरेको थियो । कार्यक्रममा मो. बसिरको नेतृत्वमा काँग्रेस एमालेका दर्जनौ नेता कार्यकर्ता जसपा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई मुख्यमन्त्री राउत सहितका नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१