Siraha Times
ताजा समाचार

जनसंख्याको आधारमा आरक्षण हुनु पर्ने:- अध्यक्ष यादव

  • चैत १३, २०७८
  • १५८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , चैत्र १३ कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा नं २ गोलघरमा जनता समाजवादी पार्टी नेपालको वृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रम समपन्न भएको छ l कार्यक्रमको अध्यक्षता जसपा कपिलवस्तु क्षेत्रीय अध्यक्ष जगदम्बा प्रसाद चौधरीको अध्यक्षता तथा जसपा नेपालका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादव को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छl कपिलवस्तुका युवा नेता श्याम कुमार मिश्रा सहित सयौंको संख्यामा जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादवले प्रवेश गराएका छन । गत निर्वाचनमा राप्रपा बाट कृष्णनगर मेयरका उम्मेदवार बनेका मिश्र जसपा प्रवेशले माहोल तताएको छ । जसपा नेपालको शनिवारको कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले जनसंख्याको आधारमा आरक्षण हुनु पर्ने, नागरिकताको समस्या समाधान हुनु पर्ने , कांग्रेस र कम्युनिस्ट बाट नेपालको विकास सम्भव न भएको, मधेस आनदोलनमा कृष्णनगरको भूमिका अविस्मरणीय रहेको बताए l

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मंत्री पूर्ण मति ढेंगा, सहसराम यादव, जसपा लुम्बिनी प्रदेश उपाध्यक्ष राज कुमार चौधरी, जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, लगायत अन्य वक्ता हरूले विकास कसरी गर्ने, जसपा नेपाल पार्टीको आउने स्थानीय चुनावमा भुमिका कस्तो हुने, जनताको हक अधिकार कसरी सुरक्षित गर्ने, जनताको भलाईको काम जसपा सधै गर्दै आएको वक्ता हरूको जोड रहेको थियो l कार्यक्रममा वृजेश कुमार गुप्ता, नइम अरशद इदरिसी, जीवन श्रीवास्तव, लगायत समाजसेवी, पत्रकार, बुद्धजीवी, जसपा नेपाल समर्थक लगायतको उपस्थित रहेको थियोl

 

प्रतिक्रिया दिनुहोस

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१