नवराजपुरमा एमाले,काङ्ग्रेसमा ठुलो पहिरो हजारौं नेता कार्यकर्ता जसपामा प्रवेश

  • चैत १३, २०७८
  • ९४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १३ चैत - सिरहाको नवराजपुर गाउँपालिका वाडा नम्बर १ तामासुईयामा एमाले काङ्ग्रेस प्रत्याग गरी हजारौं संख्यामा नेकपा एमाले र नेपाली काङ्ग्रेस प्रतयाग गरी जनता समाजवादीमा प्रवेश गरेका छन्। नवराजपुर १ तामासुईयालाई एमाले र काङ्ग्रेसको गढ भनेर चिनीने गरेका थिए।एमालेको वाडा संयोजक नवीन कुमार यादव समेत एमाले प्रत्याग गरी ओपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा पार्टी प्रवेश गरीएका छन्। उक्त गाउँपालिकामा दिन प्रतिदिन एमाले काङ्ग्रेस पार्टीको संगठन कम्जोर हुँदै गरेको अवस्था रहेको छ।संघीयताको बिकास संगै जनताले स्वतन्त्रताको सिद्धान्तको प्रत्याभूति गर्दै आफनो हक अधिकारको लागी अवाज उठाउदै आएका हुन्।

Open photo

समाजमा रहेको शासन प्रथालाई प्रास्त गर्दै लोकतान्त्रिक प्रत्याभूतिको पाटाेमा समाज अगाडि बढी रहेको छ।विभिन्न राजनीति मध्ये नेपाली काङ्ग्रेसको संगठन पछिल्लो समय निकै बलियो देखिएको थियो। जसपा पार्टीले चुनावी सभाको बृहत कार्यक्रमको आयोजना गरी सोही कार्यक्रममा हजारौं ब्यक्तीले एमाले काङ्ग्रेस प्रत्याग गरी जसपामा प्रवेश गरेका हुन। भुमि ब्यवस्था तथा कृषि मन्त्री बिजय यादवको प्रमुख आतिथ्यमा हजारौं जनाले पार्टी प्रवेश गरेका थिए। जसपाका वरिष्ठ नेता मोहम्मद खालिद सिद्धीकी,पुर्व मन्त्री राज लाल यादव निर्माला यादव,ललिता दास,परियाग लाल यादव,दिपेश यादव,सिबजी यादव,लगायत नेताहरुको सहभागिता रहेको राम उदगार यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो।

Open photo

 

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१